Prakash Adhikari November 9, 2020

 

काठमाडौं, २४ कार्तिक । नेपाल कोरोना प्रभावित मुलुकहरुको सूचीमा ३४ औं स्थानमा पुगेको छ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५ करोड नाघ्दा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २ लाख निकट पुगेको छ।

कोरोनाभाइरस महामारीसम्बन्धी तथ्याङ्कको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२ लाख ५७ हजार मानिसको कोरोना भाइरस संक्रमणसहितको कारणले मृत्यु भइसकेको छ।

नेपालमा सोमबार अपरान्हसम्म यस घातक भाइरसको संक्रमणको कारणले १ हजार १ सय २६ जनाले जीवन गुमाएका छन् ।

नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको  वल्र्डोमिटर इन्फो र  जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।

तर धेरै देशमा पर्याप्त परीक्षण नगरिएकाले कोरोनाभाइरसबाट प्रभावित मानिसको वास्तविक सङ्ख्या अझै बढी हुनसक्ने बताइन्छ।

विश्वभरि एकचौथाइ सङ्क्रमितहरू महामारीको दोस्रो लहरमा थपिएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

१ करोड २५ लाखभन्दा बढी सङ्क्रमित भेटिएको र तीमध्ये ३ लाख ५ हजार ७ सय जनाको मृत्यु भएको युरोप महादेशमा फेरि सङ्क्रमण व्यापक रूपमा फैलिएको छ। यो वर्षको आरम्भतिर पनि युरोप कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु थियो।

कोरोनाभाइरस

अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ करोड पुग्न लागेको छ। अमेरिकामा तीन दिनदेखि दैनिक वृद्धि १ लाख २५ हजार रहेको छ।

अमेरिकामा राष्ट्रपति(निर्वाचित जो बाडइनले उक्त महामारी नियन्त्रण गर्न आक्रामक उपाय अवलम्बन गर्ने वाचा गर्नुभएको छ। पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपलाई कम आँक्नु भएको थियो।

उहाँले लामो समयसम्म भौतिक दूरी र मास्क लगाउने कुराको पनि विरोध गर्नुभएको थियो।

फ्रान्समा गत सातादेखि दोस्रो चरणको लकडाउन सुरु भएको छ।

स्पेन कोरोनाभाइरस
त्यहाँ डिसेम्बर १ सम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ। मानिसहरूले काममा जानै पर्ने हुँदा, अत्यावश्यक सामान किन्न जाँदा, औषधोपचारका लागि र दैनिक एक घण्टा व्यायाम गर्नबाहेक घरबाट बाहिर निस्किन पाउँदैनन्। इटाली र पोर्चुगलमा पनि प्रभावित क्षेत्रहरुमा लकडाउन गरिएको छ ।

युरोपमा बेलायतमा कोरोना संक्रमणको कारणबाट सर्वाधिक मानिसको मृत्यु भएको छ।

कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये अमेरिकापछि भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा छन्।

दक्षिण एशियामा कोरोनाभाइरस. कुन देशमा कति सङ्क्रमित. दक्षिण एशियामा सबैभन्दा कम प्रभावित देश भुटान हो भने त्यसपछि माल्दिभ्स र श्रीलङ्का हुन्.
भारतमा अहिलेसम्म ८५ लाख ५३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ लाख २६ हजार ६ सयभन्दा केही बढी मानिसको मृत्यु भएको छ।

दक्षिण एशियामा भारतपछि सङ्क्रमितको सङ्ख्याका आधारमा बाङ्ग्लादेश, पाकिस्तान र नेपाल छन्।

सोमवार नेपालमा २ हजार ५ सय ७१ सङ्क्रमित थपिएको र १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

अहिले नेपालमा ३६ हजार १ सय ७४ जनामा सक्रिय सङ्क्रमण छ भने १ लाख ९७ हजार २४ सङ्क्रमितमध्ये १ लाख ५९ हजार ७२४ जना निको भइसकेका छन्।

यसरी बढिरहेको कोरोनाभाइरस. नेपालमा कोभिड-१९ महामारी. .

सोमवार काठमाडौंमा १ हजार १ सय ३६ जनासहित अतिप्रभावित राजधानी उपत्यकामा १ हजार ४ सय २८ सङ्क्रमित थपिए।

अहिले काठमाडौं उपत्यकामा १९ हजार ३ सय ८४ सक्रिय सङ्क्रमित छन्।

यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा बढी हो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. १०० वटा नमुना परीक्षण गर्दा कतिवटामा सङ्क्रमण देखिन्छ?. केही महिनादेखि नेपालमा कोभिड-१९ पुष्टि दर उच्च.

मन्त्रालयका अनुसार अहिले देशभरि २९ हजार ८ सय ३६ सङ्क्रमितहरू घरमा र बाँकी संस्थागत आइसोलेशनमा छन्।

अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये ४ सय ११ जना सघन उपचार कक्षमा र ८३ जना भेन्टिलेटरमा छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.