Prakash Adhikari November 11, 2020

डेलावर(संयुक्त राज्य अमेरिका), २६ कार्तिक (बीबीसी) । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ूराष्ट्रपतिको बिरासतलाई सहयोग नगर्नेू बताउनुभएको छ।

राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहनुभएको छ भनेर सोधिएको प्रश्नमा उहाँले त्यस्तो प्रतिक्रिया जनाउनुभएको हो।

‘मलाई लाग्छ कि यो लज्जासपद विषय हो’,बाइडनले भन्नुभयो ‘म यसलाई कसरी कुशल रूपमा भनौँ?’ केही बेर रोकिँदै उहाँले भन्नुभयो ‘मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन।’

‘मलाई लाग्छ की यो सबै कुराको बोध ज्यानुअरी २० तारिखमा हुने छ’,रिपब्लिकन दलका सिनेटरहरूले छिट्टै आफ्नो जितको पहिचान गर्ने बताउँदै उहाँले भन्नुभयो।

बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उहाँको योजना के छ भनेर पनि प्रश्न गरिएको थियो।

जसको उत्तर दिँदै बाइडनले भन्नुभयो, ‘यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन’,ूआफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको भन्दै उहाँले भन्नुभयो।

ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत गरिसकेको छैन जसको अर्थ बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन।

बाइडन

‘हामी उनले हार स्वीकार गरेको भए जे गर्ने थियौँ त्यही नै गर्नै छौँ’, उहाँले भन्नुभयो।

ट्रम्पले आफूलाई सुनिरहेको भए के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडनले भन्नुभयो ‘राष्ट्रपतिज्यू म तपाईँसँग कुराकानी गर्न उत्सुक छु।’

अमेरिका पुरानै लयमा

‘अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउन’ आफूले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको बाइडनले जानकारी दिनुभयो।

बाइडनले यूकेका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ, जर्मन चान्सलर एंगेला मर्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतसँग टेलिफोनमार्फत् कुराकानी गरिसक्नुभएको छ।

कुराकानीमा जलवायु परिवर्तन, स्वास्थ्य, आतङ्कवाद विरुद्धको लडाइँ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उहाँको टोलीले जनाएको थियो।

बाइडनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ।

बाइडनले आफ्नो कार्यकालमा जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।

 

Share Now

Leave a comment.