Prakash Adhikari November 11, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २५ कार्तिक । यस बर्षको इण्डियन प्रिमियर लिग(आईपीएल २०२०)को उपाधि मुम्बई इण्डियनले जितेको छ । मंगलबार राति दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक ट्रफि चुमेको हो ।

छैठौं पटक आइपीएल फाइनलमा पुगेको मुम्बईले पाँचौ पटकको विजयले भारतको यो प्रतिष्ठित लिगमा मुम्बईको शक्ति प्रमाणित गरेको छ । गत सिजनको उपाधि पनि जितेको मुम्बईको लगातारको यो दोश्रो जित हो । यस पहिले चेन्नाईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो।उसले २०१३, २०१५, २०१७ र २०१९ मा मुम्बईले लिग जितेको थियो। गत बर्ष उसले फाइनलमा चेन्नाईलाई पराजित गरेको थियो।

https://twitter.com/Adesh_Ajju/status/1326233114956328960

फाइनल खेल

दुबाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम सम्पन्न खेलमा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर १८.४ ओभरमै पूरा गरेको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले ५ चौका र ४ छक्काको मद्दतले ६८ रन बनाए । त्यस्तै इशान किशनले ३ चौका र १ छक्का हिर्काउदै अविजित ३३ रन बनाए खेलमा क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादवले १९ रन तथा काइरन पोलार्डले ९ रन बनाएका थिए।

नेपाली बलर सन्दीप लामिछानेलाई लिग चरणका १४, पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र फाइनलमा समेत मैदानमा उतारेर बल छुन सम्म नदिएको कृतघ्न दिल्ली क्यापिटल्सलाई फाइनल खेलमा पनि विकेट लिने बलरको खाँचो देखिएको थियो । उसको बलिंगमा एनरिक नोर्कियाले २ विकेट तथा मार्कस स्टोइनिस र कागीसो रबाडा ले समान १ । १ विकेट लिएका थिए।

दिल्लीको ब्याटिड.

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

Image

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६५ रन बनाए भने रिशभ पन्तले ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। खेलमा

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सार्वाधिक ३ विकेट लिए भने नाथन कुल्टर नाइलले २ विकेट लिए । खेलमा जयन्त यादव ले १ विकेट लिए। क्रुनाल पान्ड्या, जस्रप्रित बुम्राह र काइरन पोलार्ड विकेटविहिन रहे।

Share Now

Leave a comment.