Prakash Adhikari November 11, 2020

,

पटना(बिहार), २६ कार्तिक (बीबीसी) । भारतको बिहार राजयको विधानसभा चुनावमा नितिशकुमारको नेतृत्वमा रहेको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)लाई बहुमत प्राप्त भएको छ ।

विधानसभाका २ सय ४३ सीट मध्ये एनडीएले १ सय २५ सीट जितेको छ । बिहारमा बहुमतको लागि १ सय २२ सिट नै पर्याप्त छ ।

एनडीएलाई सरकारबाट विस्थापित गर्न बनाइएको महागठबन्धनले १ सय १० सीटमा बिजय हासिल गरेको छ ।

बिहार चुनाव

निर्वाचनमा सांसद असदुद्दीन ओवैसीको पार्टी ऑल इंडिया मजलिस-ए-इत्तेहादुल मुस्लिमले पाँच स्थान जितेको छ भने बहुजन समाज पार्टी एक सीट पनि जित्न सकेको छैन् ।

जनता दल युनाइटेडको विरोधमाबिहार विधानसभा चुनावमा एक्लै मैदानमा उत्रिएको चिराग़ पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले जम्मा एक सीटमा बिजय हासिल गरेको छ ।

एक सीट निर्दलीय उम्मेदवारले जितेका छन् ।

महागठबन्धनको नेतृत्व गर्ने लालुप्रसाद यादवले स्थापना गरेको राष्ट्रीय जनता दल (आरजेडी)को ७५सीटमा चुनाव जितेर सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । भारतीय जनता पार्टी (बीजेपी)ले ७४ सीट जितेर दोस्रो बनेको छ । २०१५ को चुनावा आरजेडीले ८० र बीजेपीले ५३ सीट जितेका थिए ।

२०१५ मा ७१ सीट जितेको नितिशकुमारको पार्टी जनतादल युनाइटेडले यसपटक ४३ सीट जितेको छ । २०१५ सालमा २७ सीट जितेको कांग्रेसको अवस्था झन खस्केको छ , ऊ १९ सीटमा सीमित भएको छ ।

एनडीएमा जेडीयू र बीजेपीका अलवा हिन्दुस्तानी अवाम मोर्चा (हम) तथा विकासशील इंसान पार्टी (वीआईपी) संलग्न थिए भने महागठबन्धनमा लालुप्रसादको आरजेडी, कांग्रेस आई र तीन वामपंथी पार्टी कम्युनिस्ट पार्टी अफ फ इण्डिया (सीपीआई), कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) सीपीएम र कम्युनिस्ट पार्टी अफ इण्डिया मार्क्सवादी लेनिनवादी (लिबरेशन) संलग्न थिए ।

लोक जनशक्ति पार्टी केंद्र में एनडीएमा संलग्न भएपनि बिहारमा भने एक्लै चुनाव लडेको थियो ।
एनडीएले मुख्यमंत्रीमा वर्तमान मुख्यमन्त्री नितीशकुमार अगाडि सारेको थियो भने महागठबन्धनले आरजेडीका नेता तथा पूर्व मुख्यमन्त्री लालुप्रसादका सुपुत्र तेजस्वी यादवलाई अगाडि सारेको थियो ।

बिहार विधानसभा चुनावको मतगणना मंगलवार बिहान सुरुभएरर राति क़रिब २ बजेसम्म चलेको थियो ।

भारतमा कोरोना भाइरसका बीचमा पनि निर्वाचन गरेर भारतीय जनताले लोकतान्त्रिक विधि र पद्धतिप्रतिको आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

यस बर्ष बिहारमा ५७ प्रतिशत मतदान भएको छ पहिलेको चुनावमा ५६ प्रतिशत भएको थियो ।

 

Share Now

Leave a comment.