Prakash Adhikari November 11, 2020

 

काठमाडौं, २६कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतम विरुद्धको मुद्दामा सर्वोच्च अदालतले के फैसला गर्ला ?
उहाँको सांसदको योग्यता र सीमाबारे सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आज तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुने भएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया जिल्लाबाट पराजित हुनुभएका गौतमलाई राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभाको सदस्यमा मनोनित गराइएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र थप संवैधानिक जिम्मेवारी सहित मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले सो मुद्दाको सुरु सुनुवाई गर्दै गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाउनुभएको छ ।

 

Share Now

Leave a comment.