
काठमाडौं, २६ कार्तिक । देशको आर्थिक गतिविधिको ब्यारोमिटर मानिने पूँजी बजारले अर्थमन्त्रालयको बागडोर सत्तारुढ नेकपाका उदारवादी महासचिव विष्णु पौडेलले सम्हालेपछि सकारात्मक दिशा पक्डेको छ ।
कोरोना भाइरसको कारण अनलाइन ट्रेडिड. भैरहदा पनि बुधबार बजारले सजिलैसँग १७ सय विन्दुलाई समेत पार गरिदिएको छ ।
नेप्से सूचक बुधबार अघिल्लो दिनको तुलनामा २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा आइपुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७ प्रतिशतको बढोत्तरी हो ।
बुधबार १ सय ९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयरको किनबेचमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैया ३९ पैसाको कारोबार भएको छ ।
यस दिन फाइनान्सबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ३३९.३२ अंकले बढेको छ ।
बुधबार वाणिज्य बैंक समूह पनि १४.८८ अंकले बढेको छ । आधा दर्जन कम्पनीको सेयरमा सर्किट लागेको छ ।
यस दिन साल्ट ट्रेडिड.,लक्ष्मी इक्विटी फण्ड,नागरिक लगानी कोष,बिशाल बजार कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनीको संस्थापक,शिभम् सिमेण्ट र सिटिजन्स म्युचुअल फण्डको मूल्य अघिल्लो दिनको तुलनामा ७ देखि १० प्रतिशतले बढन गएको थियो । यस दिन यी कम्पनीका सेयरधारकहरुको सम्पत्तिको मूल्य बढेको छ र जसले पहिले सस्तोमा किनेर आजको भाउमा बेचे तिनले मनग्ये आम्दानी बनाएका छन् ।
Top Gainers
Symbol | LTP | % Change | |
As of 2020-11-11 15:00:00 | |||
STC | 5,445.00 | 10.00 | |
LEMF | 10.24 | 9.99 | |
CIT | 4,519.00 | 9.98 | |
BBC | 2,502.00 | 9.98 | |
NICGF | 11.10 | 9.90 | |
SGI | 548.00 | 9.82 | |
RBCLPO | 13,800.00 | 8.83 | |
HDL | 2,479.00 | 8.82 | |
SHIVM | 843.00 | 7.94 | |
CMF1 | 10.73 | 7.52 |
कारोबार रकमका आधारमा नेपाल टेलिकम्युनिकेशन,हिमालयन डिष्टिलरी,एनआईसी एशिया,नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिभम् सिमेण्ट,अपी,शिखर इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार बढेको थियो ।
Top Turnovers
Symbol | Turnover | LTP |
---|---|---|
NTC | 259,028,930.00 | 907.00 |
HDL | 188,640,696.00 | 2,479.00 |
NICA | 156,590,427.00 | 642.00 |
CIT | 154,514,008.00 | 4,519.00 |
NLIC | 151,574,202.00 | 1,512.00 |
NRIC | 151,071,432.00 | 964.00 |
SHIVM | 148,089,989.00 | 843.00 |
API | 121,534,278.00 | 279.00 |
SICL | 115,831,277.00 | 1,475.00 |
SLICL | 100,958,719.00 | 650.00 |
बुधबार आइसीएफसी,सेन्ट्रल फाइनान्स,निर्धन उत्थान,सप्तकोशी विकास बैंक,माउण्टेन हाइड्रो,हिमालयन पावर पार्टनर,कामनासेवा,एनआरएन लघुवित्त,कालिका माइक्रोक्रेडिट विकास बैंक,सानिमा डिबेञ्चरको बजार मूल्य अघिल्लो दिनको तुलनामा कम भएको छ ।
Losers
Symbol | LTP | % Change | Qty |
---|---|---|---|
ICFC | 299.00 | -4.78 | 114,192 |
CFCL | 168.00 | -2.89 | 11,920 |
NUBL | 1,000.00 | -2.82 | 57,954 |
SAPDBL | 163.00 | -2.4 | 5,030 |
MHNL | 203.00 | -2.4 | 7,340 |
HPPL | 225.00 | -2.17 | 10,744 |
KSBBL | 228.00 | -2.15 | 135,977 |
NLBSL | 1,061.00 | -2.03 | 557 |
KMCDB | 765.00 | -1.92 | 3,843 |
SAND2085 | 1,035.00 | -1.9 | 25 |
यसअघि पौडेल नै अर्थमन्त्री भएको बेला शेयर बजारको परिसूचक १८८१ पुगेको थियो । अहिले पनि सेयर बजारले सोही मार्ग पहिल्याएर अगाडि बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले बैंकको ब्याज एकल अंकमा ल्याएको, विश्वमा महामारी मच्चाएको कोरोना भाइरसविरुद्धको खोपहरु प्रभावकारीसिद्ध भएर आमरुपमा उत्पादनमा जाने प्रक्रियामा रहेको र हालै अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा कटटरपन्थी र अनुदारवादी छवि बनाउनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भई उदारवादी जो बाइडनले चुनाव जित्नु जस्ता कारणले पनि नेपालका सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
नेप्सेमा उत्साह बढ्दै जाँदा प्रतिमिनेट १ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुन थालेको छ । बुधबार औसतमा प्रतिमिनेट १ करोड ७० लाख रुपैयाँभन्दा धेरैको सेयर खरिदबिक्री भएको हो ।