Prakash Adhikari November 13, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २८ कार्तिक (बीबीसी) । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई ूवास्तविकता स्वीकारू गर्न र कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।

अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो।

अमेरिकामा लगातार ८ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक १ लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन।

उहाँले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई ूबेवास्ता गर्दैू चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाउनुभयो।

‘उहाँ(रिपब्लिकन नेता)हरू अहिले बेतुकको सर्कसमा संलग्न हुनुहुन्छ र वास्तविकता स्वीकार गर्न अस्वीकार गरिरहनुभएको छ’,यसले सङ्कट सामना गर्ने विषयलाई ‘झनै कठिन’ बनाएको छ उहाँले भन्नुभयो।

‘यो सर्कस बन्द गरेर अमेरिकी जनतालाई साँच्चै मतलब हुने कार्य ( उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा) जस्ता विषयमा काम गर्न फर्कनु होस्’, उहाँले भन्नुभयो।

बाइडन र ट्रम्प
सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गर्नुभयो।

अमेरिकामा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन्। त्यस्तै २ लाख ४२ हजार ५ सय २७ जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको भए पनि डोनल्ड ट्रम्पले हालसम्म हार स्वीकार गर्नुभएको छैन्।

मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उहाँले कानुनी बाटो रोज्ने बताउँदै आउनुभएको छ र उहाँको यो अडानमा अधिकांश रिपब्लिकन दलका नेताहरूले समर्थन जनाए जस्तो देखिन्छ।

यसै हप्ता एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति(निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ूराष्ट्रपतिको विरासतलाई सहयोग नगर्नेू बताउनुभएको थियो।

यसैबीच विगतमा दक्षिण अफ्रिकाका दिवंगत नेता नेल्सन मन्डेलाको नेतृत्वमा गठन भएको पूर्व विश्व नेताहरूको समूहले हार स्वीकार नगरेको विषयमा ट्रम्पको निन्दा गर्नुभएको छ।

उक्त कार्यले ूअमेरिकी प्रजातान्त्रिक पद्धतिलाई जोखिममा पारेकोू उहाँहरुको भनाई छ।

Share Now

Leave a comment.