
काठमाडौं, ७ मंसिर । आन्तरिक राजश्व विभागले गत आर्थिक बर्षमा सबैभन्दाबढी मूल्य अभिबृद्धि कर तिर्ने र अघिल्लो आर्थिक बर्षमा सबैभन्दा बढी आयकर तिर्ने संस्था तथा व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७५।७६ को आयबाट सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति जावलाखेल डिष्टिलरीका अध्यक्ष विजयकुमार शाह हुनुभएको छ ।
मदिरा व्यवसायका नेपाली बादशाहको नामले चिनिुहुने उहाँको कम्पनीले रुस्लान भोड्का,गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्छ ।
कम्पनतर्फ भने सर्वाधिक आयकर तिर्नेमा सूर्य नेपाललाई अन्यले उछिन्न सकेका छैनन् । वाणिज्य बैंकमा सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ भने मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पने करदाताहरुमध्ये सबैभन्दाबढी कर कामनासेवा विकास बैंकले तिरेको छ ।
बीमा भने भने पुनरर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।
यस्तै व्यापार व्यवसायमा अग्नी इनकर्पोरेटेडले बढी कर तिरेको छ ।
रेमिटेन्सतर्फ सबैभन्दा बढी कर आइएमई रेमिटेन्स कम्पनीले तिरेको छ ।
निर्याततर्फ डाबर नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ ।
पर्यटनमा सबैभन्दा बढी तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ ।
शिक्षण सेवामा मणिपाल मेणिकल कलेजले तिरेको छ ।
मूल्य अभिबृद्धि सबैभन्दा बढी बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।
विभागले सार्वजनिक कार्यक्रम आयोजना गरेर बढी कर तिर्ने करदातालाई सम्मान गर्ने छ ।