Prakash Adhikari November 24, 2020

 

दुबाई.संयुक्त अरब इमिरेट्स), ९ मंसिर । आईसीसीले प्रदान गर्ने एशोसिएट्स राष्ट्रका दशकका उत्कृष्ट खेलाडीको अवार्डमा नेपाली क्रिकेटको राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का मनोनयनमा पर्नुभएको छ ।

आईसीसीले एशोसियट्स राष्ट्रबाट २०१० देखि २०२० सम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरहरुलाई ‘अवार्ड अफ द डेकेड’को सम्मान प्रदान गर्दछ। त्यस अन्तर्गत ‘एसोसियट्स’ विधाको उत्कृष्ट खेलाडीको मनोनयनमा पारस पनि पर्नुभएको हो।

पारससंगै मानोनयनमा स्कटल्याण्डका क्याल कोट्जर, कलुम म्याकलोएड र रिची बेरिंगटन , पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्डका पिटर बोरेन पर्नुभएको छ ।

मनोनयनमा रहेका ६ जना खेलाडी मध्ये उत्कृष्ट खेलाडीको चयन अनलाइन भोटिंगबाट हुनेछ।


ICC Men’s Player of the Decade

Nominees:

Virat Kohli [India], AB de Villiers [South Africa], Ravichandran Ashwin [India], Steve Smith [Australia], Kumar Sangakkara [Sri Lanka], Joe Root [England], Kane Williamson [New Zealand]

 

ICC Women’s Player Of The Decade

Nominees:

Ellyse Perry [Australia], Mithali Raj [India], Suzie Bates [New Zealand], Stafanie Taylor [West Indies], Meg Lanning [Australia], Sarah Taylor [England]

 

ICC Men’s Test Player of the Decade

Nominees:

Virat Kohli [India], Steve Smith [Australia], James Anderson [England], Rangana Herath [Sri Lanka], Kane Willaimson [New Zealand], Yasir Shah [Pakistan], Joe Root

 

ICC Men’s ODI Player of the Decade

Nominees:

Virat Kohli [India], MS Dhoni [India], Rohit Sharma [India], AB de Villiers [South Africa], Mitchell Starc [Australia], Lasith Malinga [Sri Lanka], Kumar Sangakkara [Sri Lanka]

 

ICC Women’s ODI Player of the Decade

Nominees: 

Ellyse Perry [Australia], Jhulan Goswami [India], Meg Lanning [Australia], Stafanie Taylor [West Indies], Suzie Bates [New Zealand], Mithali Raj [India]

ICC Men’s T20I Player of the Decade

Nominees: 

Chris Gayle [West Indies], Rohit Sharma [India], Lasith Malinga [Sri Lanka], Rashid Khan [Afganistan], Imran Tahir [South Africa], Virat Kohli [India], Aaron Finch [Australia]

 

ICC Women’s T20I Player of the Decade

Nominees: 

Alyssa Healy [Australia], Sophie Devine [New Zealand], Ellsye Perry [Australia], Anya Shrubsole [England], Deandre Dottin [West Indies], Meg Lanning [Australia]

ICC Men’s Associate Player of the Decade

Nominees: 

Calum McLeod [Scotland], Paras Khadka [Scotland], Richie Berrington [Scotland], Asad Vala [PNG], Peter Borren [Netherlands], Kyle Coetzer [Scotland]

ICC Women’s Associate Player of the Decade

Nominees: 

Nattakan Chantam [Thailand], Kathryn Bruce [Scotland], Sterre Kalis [Netherlands], Chanida Sutthiruang [Thailand], Sornnorin Tippoch [Thailand], Sarah Bryce [Scotland]

 

ICC Spirt of Cricket Award of the Decade

Nominees: 

MS Dhoni [India], Kane Williamson [New Zealand], Anya Shrubsole [England], Mahela Jayawardene [Sri Lanka], Daniel Vettori [New Zealand], Virat Kohli [India], Katherine Brunt [England], Brendon McCullum [New Zealand], Misbah-ul-Haq [Pakistan]


 

 

सन् २००९ देखि २०१९ सम्म १० बर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका खड्का सन् २००४ को आईसीसी इन्टर कन्टिनेन्टल कप अन्तरगत नेपालमा भएको तीन दिवसीय खेलमा मलेसियाबिरुद्ध कीर्तिपुर मैदानमा उत्रिएर अन्तराष्ट्रिय खेलमा डेब्यु गर्नुभएको थियो।

नेपाली टिम डिभिजन ५ मा रहंदादेखि कप्तानी सम्हाल्नुभएका पारसले नेपालले एकदिवसीय राष्ट्रको मान्यता दिलाउने र केही खेलमा सहभागी हुने अवस्थासम्म नेतृत्व दिनुभयो । उहाँले २०१४ को टि २० विश्वकपमा नेपाललाई पुर्याउदै त्यसको नेतृत्व सम्हाल्ने अवसर पाउनु उहाँको गर्व गर्न लायक क्षण मध्ये एक हुन आउछ ।

नेपालको लागि टि २० र एकदिवसीय अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा शतक बनाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान पनि पारसले राख्नुभएको छ ।

नेपालको लागि १० एकदिवसीय र ३३ टि २० अन्तर्राष्ट्रिय खेल्नुभएका पारसले एकदिवसीयमा १ शतक र १ अर्धशतक मद्दतले ३५ को औशतमा पारसले ३ सय १५ रन बनाउनुभएको छ भने टि २० मा १ शतक र ४ अर्धशतक प्रहार गर्दै २७.५५ को औशतमा ७ सय ९९ रन बनाएका बनाउनुभएको छ । यस्तै बलिंगमा पनि पारसले एकदिवसीयमा ९ तथा टि २० मा ८ विकेट लिनुभएको छ।

 

Share Now

Leave a comment.