काठमाडौ, १८ माघ । प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रि खुला गरेको फर्दर पब्लिक अफरिंग (एफपी) बाँडफाँट भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार ९ बजे प्रिमियर इन्स्योरेन्सको मुख्य कार्यालय नक्सालमा एफपिओ बाँडफाँट गरेको हो ।
एफपिओमा कुल १ लाख ८९ हजार ३ सय २१ आवेदन परेकोमा २ हजार ८ सय ४६ आवेदन रद्द भएका थिए । १ लाख ८६ हजार हजार ४ सय ७५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६५ हजार ९ सय ५१ जनाले समान १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।
प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्म बिक्रि खुला गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको लागि आवेदन खुला गरेको थियो ।
इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो।
एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ।
प्रिमियर इन्स्योरेन्सको पुस २४ गते बसेको संचालक समितिको बैठकले एफपिओले समेत पाउने गरी १३.५२ प्रतिशत बोनस प्रस्ताव गरेको छ।
साथै बैठकले बोनस शेयरमा लाग्ने करको लागि ३६ लाख ५९ हजार ७ सय ४९ रुपियाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ।
कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गरेको हो। प्रस्तवित १३.५२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५९ करोड पुग्ने छ ।
बीमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।