Prakash Adhikari February 1, 2018

काठमाडौं,१८ माघ, ।सर्वोच्च अदालतले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय सरकारले गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।

सरकारले सदरमुकाम सार्ने निर्णय गरेसंगै रुकुम पूर्वमा विगत ८ दिनदेखि आन्दोलन भइरहेको छ । आन्दोलनकारीले सिडिओलाईसमेत घेराबन्दी गरेर ८ दिनदेखि बन्द र हडताल जारी राखेका छन् ।

Share Now

Leave a comment.