
काठमाडौं, १ पौष । क श्रेणीको बाणिज्य बैंक लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई साढे ११ प्रतिशत लाभांश दिने भएको छ ।
बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले घोषित लाभांश मध्ये ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
स्पर्शले दिने भयो २०.५३ प्रतिशत लाभांश
स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्त संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सो प्रस्ताव गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७६÷७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी ९ करोड ३७ लाखको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख रुपैयाँको बोेनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि १.०३ प्रतिशत अर्थात ९ लाख ६२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।