काठमाडौं, ३ पौष । नेपाली कांग्रेस निकट लोकतन्त्रवादी इञ्जिनियर्सहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स,सेडनको नेतृत्व लिन तीव्र प्रतिस्पर्धा चलेको छ ।
भोलि पौष ४ गतेको लागि निर्धारण गरिएको निर्वाचनमा दुई समूह प्रतिस्पर्धा गर्दैैछन् ।
नेपाली कांग्रेसभित्रका गुटगत समूहको प्रतिबिम्ब देखिएको सेडनमा नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष ई. ध्रुब थापाको नेतृत्वमा एक समूह निर्वाचनको मैदानमा उत्रिएको छ भने नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्वमहासचिव उमेशप्रसाद थानीको नेतृत्वमा अर्को समूहले उम्मेद्वारी दिएको छ ।
ध्रुव थापाले युवा इञ्जिनियरहरुलाई तालिम र रोजगारीको व्यवस्थासहित रोजगार बैंकको स्थापना गर्ने, सेडनको संस्थागत विकास गर्ने र इञ्जिनियरिड. स्रोत केन्द्रको स्थापनालाई प्रमुख मुद्दा बनाउनुभएको छ । उहाँले समस्त इन्जिनियरहरुको हकहित तथा पेसागत बिकास को लागि काम गर्ने चाहना अनुरुप सबै कोणबाट समाबेशी र सन्तुलित समूह लिएर कामको लागि मैदानमा उत्रिएको दावी गर्नुभएको छ ।
उहाँको समूहबाट अध्यक्षः ई. ध्रुव थापा, उपाध्यक्षमा ई. मन्दीप सुवेदी,महासचिवमा ई. रोशन राज गिरी, उप महासचिवस् ई. सुमन पुडासैनी, कोषाध्यक्षमा ई. श्याम दाहाल मैदानमा उत्रिनुभएको छ भने सदस्यहरुमा ई.ललिता के.सी., ई.भैरव धिताल,ई.सुजन पौडेल, ई.केदार भण्डारी, ई.हरिश बोहरा , ई.निरज बराल, ई.नारायण कुमार घिमिरे, ई.प्रवेश अधिकारी, आ.प्र.पूजा के.सी. ई.सौगात रेग्मी, ई.सुजित कोईराला, ई.मानवेन्द्र निधि, ई.सुदर्शन पौडेल उम्मेद्वार बन्नुभएको छ ।
यता नेपाल इञ्जिनियर्स एशोसिएसनको महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका ई. उमेश थानी को प्यानलबाट उपाध्यक्षमा ई. सूर्यबहादुर पाण्डे, महासचिवमा ई. प्रेमचन्द्र राय, उपमहासचिबमा ई. बीरेन्द्र खडका, केन्द्रीय कोषाध्यक्षमा ई. कौशल के सी उठ्नुभएको छ । त्यस्तै सदस्यहरुमा ई. पुरुषोत्तम शर्मा, ई. बिक्रमकुमार दास,ई. प्रियस ढकाल, ई. सुजन खडका, ई. रिकेश कोइराला, ई. आयुष हुमागाँईं, ई.कमल मरासिनी, ई. महेन्द्र आचार्य,ई.अभिषेक आत्रेय, ई.पुनम पाल, ई.समिर पोखरेल, ई.सुमितप्रसाद भट्ट र ई.मोहन किशोर यादव उम्मेद्वार बन्नुभएको छ ।
अध्यक्षका उम्मेद्वार थानीले विगतका कार्य समितिले गरेका प्रयासलाई थप प्रभावकारी बनाउने, कार्यालय तथा कामलाई प्रविधिमैत्री बनाउने, ईन्जिनियरहरुको हक–हितको पक्षमा आवाज उठाउने, ईन्जिनियरिङ समुदायप्रतिको आम विश्वासलाई मजबुत बनाउन लागि पर्ने, युवा ईन्जिनियर लक्षित कार्यक्रमहरु सुचारु गर्ने, नयाँ प्रविधिको आविष्कार तथा अध्ययन–अनुसन्धानमा सघाउने, ईन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जना गर्नुको साथै उचित सेवा–सुविधाका लागि पहल गर्ने प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ।