
काठमाडौं, ४ पौष । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह(पोष्ट ग्राजुयत) तहको प्रवेश परीक्षा आउँदो १८ पौषदेखि सुरु हुने भएको छ।
सर्वोच्च अदालतले आरक्षणसम्बन्धी मुद्दा बुधबार टुंग्याइदिएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले परीक्षाको मिति तोकेको हो।
आयोगले एक सूचना जारी गर्दै परीक्षाको मिति सार्वजनिक गरेको छ।
यसअघि आयोगले असोज २६,२७ र २८ गते परीक्षाको मिति तोकेकोमा सर्वोच्चमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो।
एमडी एस र एम एन,एम एस्सी नर्सिङ, एमएससी मिडवाइफको पुस १८ गते, एम पीएच, एम पीएच एन, एम एचपी ई, एमपीएच, क्लिनिकल साइकोलोजीको एमफिल पौष १९ लाई तोकिएको छ।
यस्तै, एम डीएस,एम फार्म,एम एससी,एम पीएस, एम एस्सी एम आइटी,एम एस्सी क्लिनिकल र मेडिकल बायोकेमिस्ट्री र एम एस्सी क्लिनिकल मेडिकल माइक्रोबायोलोजी, एमओको परीक्षा भने पौष गते हुनेछ ।