
काठमाडौं, ५ पौष । प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानमा व्यवस्था नभएको अनधिकृत अधिकारको उपयोग गर्दै प्रतिनिििधसभा विघटन गरी बैशा २३ गते निर्वाचन गर्न राष्ट्रपतिसमक्ष गर्नुभएको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दिनुभएको जानकारी अनुसार आइतबार दिउँसो १ बजे सभापति देउवाको निवासमा बैठक बोलाइएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला,केन्द्रीय सदस्यहरु डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगन थापा लगायतले प्रधानमन्त्री के.पी.शर्मा ओलीद्धारा संविधानमा व्यवस्था नभएको अधिकारको उपयोग गरी गरिएको प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन सिफारिसको यस अनधिकृत असंवैधानिक र राजनीतिक रुपमा पनि अनावश्यक कदमको विरोध गरिसक्नुभएको छ ।