Prakash Adhikari December 21, 2020

काठमाडौं, ६ पौष । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रधानमन्त्री निकट विघटित प्रतिनिधि सभाका सांसदहरुको भेला सकिएको छ।

सोमबार बिहान प्रधाननमन्त्री ओलीले आफूकिट सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो।

पूर्वमाओवादी खेमाबाट उद्योग मन्त्री लेखराज भट्टसमेत सामेल रहनुभएको सो बैठकमा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले अहिलेको अवस्थाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।

भेलामा प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिइएकोले बाध्य भएर विघटनको कदम अख्तियार गर्नु परेको र लोकतन्त्रमा विश्वास गर्ने जनमुखी नेताहरुले निर्वाचनलाई सधै सहर्ष स्वीकार गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकमै सहभागी कतिपय सांसदहरुले भने लामोसमय पार्टीमा काम गरेर बल्ल बल्ल प्रतिनिधि सभाको निर्वाचनमा जितेर देश र जनताको सेवा गर्ने अवसर पाएका सांसदहरु भने पार्टी विभाजन र प्रतिनिधिसभा विघट्न जस्ता घट्ना आफ्ना लागि स्वीकार्य नभएको बताएका छन्।

 

Share Now

Leave a comment.