Prakash Adhikari December 21, 2020

काठमाडौं , ६ पुस ।  ठमेलको पिछडिएको भगवानबहाल क्षेत्रलाई पर्यटन र ब्यापारको आकर्षकणको केन्द्र बनाउदै स्थानीयहरुको जीवनस्तर सुधार्ने र आर्थिक उन्नतिको आधार प्रदान गर्ने कार्यमा यहाँ निर्माण गरी सञ्चालन भैरहेको व्यवसायिक भवन छायाँ सेन्टरले योगदान पुर्याउन थालेपछि यसको विरोध गर्नेहरु एक्लिदै जान थालेका छन् ।

सेन्टरले स्थानीय नेवार समुदायको संस्कृति र सम्पदाहरुको संरक्षणमा सहृदयतापूर्वक सहयोग गर्न थालेपछि उनीहरु एक्लिन थालेका हुन् । यही मंसिर २९ गते छाँया सेन्टरमा आयोजना गरिएको चलचित्र ‘लुँ यागु तक्मा’ (सुनको तक्मा) को शुभमुहुर्त कार्यक्रममा नेवार समुदायका राष्ट्रिय र स्थानीय अगुवाहरुले ठमेलमा भएरपनि पछाडि परेको भगवान बहाल क्षेत्रमा छाँया सेन्टर निर्माण गरी विश्वस्तरको  पाँच तारे एफ्लट होटल खोल्नु, विश्वस्तरका चर्चित ब्राण्डेड सामान पाउने सपिड. मल खोल्नु र स्तरीय सिनेमा हल लगायत क्यासिनो समेत खोलेर यसका प्रबर्धकहरुले पिछडिएको क्षेत्रका स्थानीयलाई रोजगारीका साथै स्वरोजगारीको अवसर पनि दिएको र पर्यटकीय र ब्यापारिक केन्द्र बनाएर यहाँको सडकको स्तरोन्नति, बत्ति, पानीको आपूर्तिमा सुधार ल्याउदै स्थानीय मठ,मन्दिर र विहारहरुको मर्मत संभार र संरक्षणमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
यस अगाडि असोज २७ गते सिंहसार्थ बाहु गरुड भगवान गुठीका तर्फबाट सदस्यसचिव  रहेन्द्र प्रसाद प्रधानले छाँया कम्प्लेक्सलाई एक पत्र पठाउदै  २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायधीशको रोहबरमा अम्बिका राणा र गुठीका थकालीकाबीच मिलापत्र भएपछि कुनै विवाद नहेको जानकारी गराइएको थियो । यसले सो गुठीले मोही अम्बिका राणालाई कित्ताकाँट गरिदिएको र अम्बिकाबाट छाँया कम्प्लेक्स प्रा.लि.ले खरिद गरेको जग्गामा कुनै किचलो बाँकी नहरेको स्पष्ट पार्दछ ।
गुठीले सत्य तथ्य सार्वजनिक गरेको र नेवार समुदायका स्थानीय तथा राष्ट्रिय अगुवाहरुद्धारा छाँया सेन्टरले पुर्याएको योगदानको बखान हुन थालेपछि सो क्षेत्रमा छायाँ सेन्टर स्थापना नै हुन नदिन सक्रिय भागवतनरसिह प्रधान तिल्मिलाउन थालेका छन् ।
सम्मानित सर्वोच्च अदालतको संलग्नता र सक्रियता २०३३ सालमै टुंगो लागिसकेको,मध्यमाञ्चल विशेष अदालत,पुनरावेदन अदालत र जिल्ला अदालतबाट समेत फैसला भई मिलापत्रबाट टुंगिइसकेका विषयलाई पुनः  सर्वोच्च अदालत पुर्याएर आफ्नो निहित स्वार्थ पूरा गर्न अग्रसर रहेका प्रधानले सर्वोच्च अदालतको दैनिक सुची अनुसार पौष ५ गतेका दिन पेशी तोकिएका मुद्दलाई प्रभावित पार्न माईतीघर मण्डलामा व्यानरसहित विरोध प्रदर्शनको आयोजना गरेका थिए। हजारौ जना उपस्थित गराएर सम्मानित सर्वोच्च अदालतमाथि दवाव सृजना गर्ने उनको धम्कीपूर्ण चेतावनीलाई स्थानीयहरुले पूरै उपेक्षा गरेका थिए । सो विरोध प्रदर्शनमा करिव १८ जना जतिको उपस्थिति रहेको थियो ।

उक्त बिरोध प्रर्दशनको नेतृत्व गर्ने प्रेमराज सिल्पकारको उद्घोषणमा केही महिना अघि भागवत नरसिहं प्रधानले रिपोटर्स क्लवको सभाकक्षमा आयोजित कार्यक्रममा सम्मानित सर्वोच्च अदालतलाई समेत चुनौती दिएका कारण छायाँ सेन्टरका एक लगानीकर्ताले उनी बिरुद्ध सर्वोच्च अदातलमा दिएको मानहानीको मुद्धा बिचाराधिन रहेको छ ।

कठमाण्डौका नेवार समुदायका प्रतिष्ठित व्यापारीसहित देशका स्थापित र नवोदित ब्यापारी र ब्यबसायीहरुको अर्बौको लगानी रहेको छायाँ सेन्टरलाई कुनैपनि हालतमा चल्न नदिने र सम्मानीत अदालतले नगरेमा आफै भत्काई दिने जस्तो गुण्डागर्दी र धम्कीको भाषा प्रयोग गर्दै आएका भागवतनरसिहं प्रधानको पछि लाग्दा आफ्नो प्रतिष्ठा समेत गुम्दै गएको स्थानीयहरुले महसुस गर्न थालेपछि उनी समुदायबाट एक्लिदै जान थालेका छन्। भागवत् आफू स्वयं पनि ठमेलमा बस्दैनन्, सीतापाइलातिर सरिसकेका छन् ।

Share Now

Leave a comment.