Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसमर्थित केन्द्रीय सदस्यहरुको बैठक कार्की व्यांक्वेट थापाथली हाइटमा सुरु भएको छ ।

बैठकले स्वेच्छाचारी ढंगले अधिनायकवादी शैलीमा शासन सञ्चालन गरी पार्टी,लोकतन्त्र, जनताले बनाएको संविधान र स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधात पुर्याउदै आफूमा नरहेको शक्तिको उपयोग गरी प्रतिनिधिसभा विघटन र नयाँ चुनावको सिफारिस गर्ने प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र सो स्थानमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई नियुक्त गर्ने प्रस्तावमा छलफल गरी निर्णय गर्नेछ ।

प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गरी नेता नेपाललाई सो स्थानमा नियुक्त गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठक पहिले बसेको स्थायी समितिको बैठकले पारित गरी केन्द्रीय समितिमा प्रस्ताव लगेको थियो ।

आजको बैठकले पार्टीका कुनै पनि आधिकारिक निकायसंगको परामर्श र सममतिविना प्रतिनिधि सभा विघटन गरिएको त्यसबारे केन्द्रीय समितिको आधिकारिक धारणा पनि सार्वजनिक गर्ने बताइएको छ ।

पार्टीको स्थायी समितिको बैठक तथा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रधानमन्त्री ओली इतर समूहका सांसदहरुको हिजो संसद भवनमा बसेको बैठकले प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संघीय संसदको नियमित बैठक बोलाउने प्रक्रिया थालनी गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको विघटनको नयाँ घट्नाक्रम पछि प्रचण्ड–माधव नेपाल समूहले लिएको कानूनी परामर्शमा संवैधानिक कानूनका ज्ञाता प्रतिरक्षी अधिवक्ताहरुले संविधानको अक्षर र भावना हेर्दा प्रतिनिधिसभा विघटनको कार्य असंवैधानिक देखिएकोले त्यसलाई अदालतमा चुनौती दिएर कानूनी लडाई लडन सकिने, प्रतिनिधिसभाको सभामुख अर्को चुनाव नहुञ्जेल कायम रहनेभएको र प्रतिनिधिसभाको विघटन अवैधानिक भएकोले उहाँको समन्वयमा प्रतिनिधिसभाको बैठक बोलाउन सकिने र सडक संघर्षबाट पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सच्याउन दवाव दिन सकिने तीन उपायहरु सुझाव दिनुभएको थियो ।

विघटित प्रतिनिधिसभामा रहेका प्रधानमन्त्री ओलीको कामकारबाहीसंग असन्तुष्ट सन्तुष्ट सांसदहरुले प्रतिनिधिसभाको पुनस्थापनाको लागि सर्वोच्चमा रिट दिने तयारी पनि गरिरहेका छन् ।

 

Share Now

Leave a comment.