Prakash Adhikari December 24, 2020

 

काठमाडौं, ९ पौष । मोडल अञ्जली अधिकारीको कृष्ण महिमायुक्त भजनमा अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।

गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा अञ्जलीको नृत्य समेटिएको छ । अञ्जली पछिल्लो समय म्युजिक भिडियोमा निकै चलेकी मोडलका रुपमा परिचित हुनुहुन्छ ।

भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ ।


डा. भोला रिजालको शब्द रहेको भजनमा संगीतकार नरहरि प्रेमीले संगीत दिनुभएको छ भने कमल सौरागको संगीत संयोजन रहेको छ।

भिडियोमा अञ्जलीलाई राज खड्काले साथ दिनुभएको छ । राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

Share Now

Leave a comment.