काठमाडौं, १३ पौष । सरोज र आश्मा फिचर्ड गायिका तुलसा लिम्बुको ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा प्रताप दास र गायिका तुलसा लिम्बुको युगल स्वर सुन्न सकिन्छ। डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर विष्ट र करिष्मासिंह ठकुरीको दमदार नृत्य छ ।
नवराज उप्रेतीले छायांकन गर्नुभएको यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गर्नुभएको हो । गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको भिडियो केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत हालै सार्वजनिक गरिएको छ ।



















