Prakash Adhikari December 28, 2020

काठमाडौं, १३ पौष । स्थापनाकालदेखि बहुदलीय संसदीय लोकतान्त्रिक राज्य ब्यवस्थाको स्थापना र विकासमा क्रियाशील रहदै आएको नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीद्धारा गत पौष ५ गते भएको प्रतिनिधिसभाको असंवैधानिक विघटन र नयाँ निर्वाचनको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्पति विद्यादेवी भण्डारीको निरिह कदम विरुद्ध देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।

गत षौष १० गते शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय लिएको थियो । बैठकले पौष १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनको पूर्वसंध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै आजको विरोध प्रदर्शनमा सहभागी बन्न सम्पूर्ण लोकतन्त्रवादी गणतन्त्र र संघीयताका पक्षधरहरुमा आग्रह गनुृभएको छ  । उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सकृय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’

No photo description available.

उहाँले विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गर्दै संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको बताउनुभएको छ ।

उहाँले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेको स्मरण गराउदै केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् सिंगो पार्टी पडि.तको सम्पूर्ण ध्यान सोमबारको विरोध प्रदर्शनमा केन्द्रित भएको बताउनुभएको छ ।

कांग्रेस सभापति देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्नुभएको छ ।

कहाँ कुन नेताको संबोधन 

Image

नेपाली कांग्रेसले यो विरोध प्रदर्शनलाई कम्युनिष्ट पार्टीका विरुद्धमा देशभर जनमत तयार पार्ने ढंगले आयोजना गर्न खोजेको छ । नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा टिकट पाएका र विजयी सांसद उम्मेदवारहरुलाई आआफ्नो संवन्धित निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभामा सरिक भई संबोधन गर्ने जिम्मेवारी दिएको छ । पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति, समानुपातिक टिकट पाएका सांसद, राष्ट्रिय सभाका सांसद,आफ्नो बसोबास रहेको क्षेत्रको कार्यक्रममा सरिक हुनेछन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार कार्यव्यस्तताका कारण सभापति देउवा डडेलधुरा जान सक्नुभएन । उहाँ उहाँले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै आमसभालाई संवोधन गर्दै हुनुहुन्छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं २ कोटेश्वरमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै आमसभालाई सम्बोध गर्नुहुने छ । यद्यपि उहाँको निर्वाचन क्षेत्र झापा हो । युवा नेता गगन थापाले नेपालगञ्जमा हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ । उहाँको निर्वाचन क्षेत्र भने काठमाडौं ४ हो ।


Image may contain: 4 people

प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।
अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु ।

११ पौष २०७७
काठमाडौँ


 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीमा आयोजना हुने आमसभालाई संबोधन गर्नुहुनेछ भने महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा आयोजित विरोध प्रदर्शनको नेतृत्व गर्दै आमसभालाई संबोधन गर्नुहुनेछ । नेता प्रकाशमान सिंहले काठमाडौं, नयाँ बानेश्वरमा आयोजित विरोध प्रदर्शनको नेतृत्व गर्दै आमसभालाई संबोधन गर्ने कार्यक्रम छ ।

काठमाडौंको बसन्तपुरमा आयोजना हुने विरोध र्यालीको नेतृत्व र आमसभालाई संबोधन युवा नेता नविन्द्रराज जोशीले गर्नुहुनेछ ।

Share Now

Leave a comment.