Prakash Adhikari December 28, 2020

 

काठमाडौं, १३ पौष । बलिउडका लोकप्रिय कलाकार सलमान खानको ५५ औं जन्मदिवस काठमाडौंमा पनि धुमधामसाथ मनाइएको छ ।

सलमान खानले सामाजिक सेवाको निमित्त स्थापना गरेको विइड..विथ ह्युमन नामक संस्थाबाट निर्मित पहिरन बिक्री गर्ने विइङ ह्युमन क्लोथिङ नेपालका निर्देशक रहनुभएका सुरज के.सी.को आयोजनामा काठमाडौंको किंग्स् लाउञ्जमा नेपालका कलाकार,मोडल,विभिन्न क्षेत्रका सेलेब्रिटी र सञ्चारकर्मीहरुको उपस्थितिमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेर युवाहरुका लोकप्रिय नायक सलमान खानको सुस्वास्थ, दीर्घायु, अभिनय कला र समाज कल्याणको निरन्तरताको कामना गरिएको थियो ।

बालबालिकाको स्वास्थ्य तथा शिक्षाका लागि सहयोग गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रम “एक रात जसले कसैको जीवनमा एक दिन थप्न सक्छ, A night which could add a day to one’s Life”भन्ने नाराका साथ आयोजना गरिएको थियो ।

 

दवंग ब्वाई सलमानको कला यात्रा

नायक सलमानले आइतबार आफ्नो ५५ औं जन्मदिन मनाउनुभयो, विगतका बर्षहरु जस्तै, पनवेलको फार्म हाउसमा ।

सन् १९६५ डिसेम्बर २७ तारिखमा जन्मिनुभएका सलमान बान्द्राको ग्यालक्सी अपार्टमेन्टमा परिवारसाथ बस्नुहुन्छ। अपार्टमेन्ट बाहिर सलमानको झल्को पाउन हजारौं फ्यान उपस्थित हुने गर्छन्।

आमाको आदेशमा सलमान धेरै पटक बालकनीमा उभिने गर्नुहुन्छ। त्यस समयमा प्रशंसकहरूको भेलाले सवारी आवतजावत अस्तव्यस्त हुने गर्छ।

प्रसिद्ध लेखक सलीम खानका जेठो छोरा सलमानको ३० वर्षको फिल्म करिअरमा धेरै उतारचढाव भोग्नुभएको छ। बलिउडमा उहाँ बक्स अफिसका सबैभन्दा शक्तिशाली अभिनेता मानिनुहुन्छ।

 

फिल्म इतिहासकार एसऔसाजाले बिबिसीमा सलमानबारे चर्चा गर्नुभएको छ।

रोमान्टिक नायक सलमान

सलमानले १९८८ को चर्चित फिल्म ‘बिबी हो तो ऐसी’मार्फत बलिउडमा प्रवेश गर्नुभएको थियो।

त्यस समयमा, सुरज बडजात्या आफ्नो पहिलो फिल्मका लागि एक कलाकारको खोजीमा हुनुहुन्थ्यो। अन्त्यमा उहाँले सलमानलाई कास्ट गर्नुभयो। सन् १९८८ मा, ‘मैने प्यार किया’ त्यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्यो र सलमान रातारात हिट अभिनेता बन्नुभयो।

30 years of Maine Pyar Kiya: Salman Khan and Bhagyashree shot to fame with the film.

त्यसपछि उहाँले रोमान्टिक नायकको दर्जा पाउनुभयो। यद्यपि त्यसअघि एक वर्ष सलमानले बेरोजगार बन्नुपरेको थियो। तर पछि उहाँलाई धेरै चलचित्रहको अफर आयो। जसमा उहाँका रोमान्टिक फिल्महरू सुपरहिट भए।

जस्तै ‘साजन’, ‘हम आपके है कौन’, ‘प्रेम’, ‘प्यार किया तो डरना क्या’, ‘कुछ कुछ होता है’, ‘हम दिल दे चुके सनम’, ‘दुल्हन हम हम ले जायेंगे’, बिबी न.१’ र हम साथ-साथ है’ हुन्।

औसाजा भन्नुहुन्छ, ‘शुरुमा सलमान रोमान्टिक नायकको छाप छोड्न सफल हुनुभयो। उहाँले यो छवि लामो समय जोगाएर राख्नुभयो।’ ‘मैने प्यार किया’ र ‘हम आपके हैं कौनु यति धेरै हिट भयो कि उहाँ रोमान्टिक नायकको छविबाट बाहिर निस्कन सक्नुभएन। उही समयमा, उहाँको एक्सन फिल्म ‘बागी’आयो तर यो फिल्म फ्लप भयो।

Hum Aapke Hain Koun…! completes 26 years | Entertainment Gallery News,The Indian Express

एक्सन हिरोको छवि

औजाका अनुसार, सलमान खानले फिल्म बाघीमा एक्सन विधामा जान खोजेका देखिन्छ। तर उहाँ असफल हुनुभयो। यद्यपि उहाँले आफ्नो करिअरको पहिलो दुई दशकमा केही एक्सन फिल्म पनि गर्नुभयो। जस्तै : करण अर्जुन, वीरगति र औजार। तर यसले उहाँको रोमान्टिक नायकको छवि परिवर्तन गर्न सकेन ।

२००९ मा बोनी कपुरले साउथ फिल्म पोकरी, वान्टेड को हिन्दी रिमेक बनाउनुभयो। जुन प्रभुदेवाले निर्देशन गर्नुभएको थियो। त्यतिखेर बोनी कपुरका कुनै चलचित्र चलिरहेको थिएनन्। सलमान पनि आफ्नो करिअरको नराम्रो अवस्थाबाट गुज्रिरहनु परेको थियो।

तर, यी फिल्म हिट बन्न पुगे। सलमानको छविलाई एक्सन हिरोको रुपमा खडा गरिदियो। त्यसपश्चात् उहाँ प्राय एक्सन फिल्ममा देखा पर्नुभयो। १०० करोड कमाउने फिल्मको हिस्सा बन्ने क्रम बढ्दै गयो।

चलचित्र उद्योग विश्लेषक अतुल मोहन ‘वान्टेड’बारेमा भन्नुहुन्छ, ‘वान्टेड ढिलो प्रदर्शनमा आयो। एकल स्क्रिन र मल्टिप्लेक्स दुवैमा धमाका मच्चायो। पहिले सबै ठूला अभिनेता दीपावलीमा फिल्म रिलिज गर्थे। ‘वान्टेड’ ईदमा प्रदर्शन भयो। यो फिल्मले ईदलाई थप रोचक बनाइदियो।’

Wanted Bollywood Movie 720p HD Free Download | Wanted movie, Bollywood movie, Funny pictures pakistani

वान्टेडपछि सलमानका फिल्महरू ईदमा रिलिज भए। हिट पनि हुन थाले। जस्तै बडिगार्ड, दबंग, किक, एक था टाइगर, बजरंगी भाइजान र सुल्तान अत्यधिक हिट मात्र भएनन्। सलमानको करिअरको पूर्वार्द्धको समयलाई यसले ब्रेकसमेत गरिदियो।

अतुल मोहन सलमानले वान्टेडपछि दर्शकले आफूबाट के चाहन्छन् भन्ने बुझेको बताउँछन्। ुवान्टेडुअघि उहाँले वर्षमा चार वटा फिल्म खेल्नुहुन्थ्यो। जसमध्ये केही हिट र धेरै फ्लप थिए। उसले वान्टेडपछि हिट फिल्मले स्थिरता पायो र वार्षिक एक वा दुई फिल्म गर्न सुरु गर्नुभयो।

दर्शकसँग कनेक्ट

सलमानका फ्यानलाई फिल्म उद्योगमा पागल प्रशंसकको दर्जा दिइन्छ। सलमानले आजसम्म विवाह गर्नुभएको छैन। जसले उहाँका महिला प्रशंसक बढी छन्।

त्यस्ता डाइ हार्ड फ्यानबारे औसाजा भन्नुहुन्छ, ‘सलमानले रोमान्स र एक्सन फिल्महको सुन्दर सन्तुलन सिर्जना गर्नुभएको छ। कुनै पनि स्टारले यी दुई विधालाई सँगै राख्न सकेका छैनन् तर रोमान्स र एक्सन दुवैमा सलमानले सुपरहिट फिल्म दिनुभयो। यस कारण उहाँको कल्पनाको दायरा पनि ठूलो छ। यी फ्यानका कारण बक्स अफिसमा उहाँको हालीमुहाली छ। यसैले उहााका फिल्मले राम्रो कमाइ गर्छन्।’

उहाँ भन्नुहुन्छ, ‘सलमान सबैभन्दा राम्रो कलाकारमा गनिन सक्नुभएको छैन। तर उहाँको शैली र व्यवहार एकदमै अनौठो छ जसका कारण उहाँको प्रशंसक बढी छन्। उहाँको शैली पनि फिल्मजस्तै छ। दबङ शैलीमा चश्मा लगाउने, नाडीमा निलो ब्रासलेट लगाएर हिंड्ने।’

जहाँ आमिर खान एक बुद्धिमान सुपरस्टार मानिनुहुन्छ र शाहरुख खान विदेशी दर्शकहरुका लागि राजा मानिनुहुन्छ, सलमानले भने घरेलु दर्शकहरुमा आफ्नो गहिरो छाप छोडिरहनुभएको छ । त्यसैले उहाँलाई, ‘आम जनताको हिरो’, पनि भन्ने गरिन्छ।

औसाजा सलमानको करियरको सुरुमा भएको एउटा घटनालाई बयान गर्दै भन्नुहुन्छ, ‘जब ‘हम आपके हैं कौन’ हिट भएपछि सलमानलाई सोधिएको थियो, ‘के तपाई फिल्म उद्योगका नयाँ सुपरस्टार होरु जवाफमा सलमानले भन्नुभयो कि, ‘फिल्म उद्योगसँग एक मात्र सुपरस्टार छ र त्यो हो अमिताभ बच्चन।’

सलमान ‘बिइंग ह्युमन’नामको संस्था चलाउँनुहुन्छ। जसमार्फत उहाँले धेरै गरिब जनताका लागि आर्थिक सहयोग गर्नुभएको छ। यसैले उहाालाई फिल्म उद्योगको ुपरोपकारी ताराु पनि भनिन्छ। यी र यही कारणले पनि मानिसहरूमा उहाँको लोकप्रियता बढेको हो।

सलमान खान र प्रयोग

२०१५ मा सलमान खान ५० वर्ष पुग्नुभयो र उहाँको फिल्म ‘बजरंगी भाइजान’ले उही वर्ष ईदमा धमाका मच्चायो। अक्सर सलमानको आलोचना गर्नेहरूले पनि यो फिल्म मन पराए। यो उनको जीवनको सर्वश्रेष्ठ फिल्मको रुपमा गनियो।

अतुल मोहन भन्छन्, ‘बजरंगी भाइजान एक प्रयोग थियो, जहाँ कुनै एक्सन थिएन। दर्शकहरूले अपेक्षा गरेका थिए कि पाकिस्तान जाने सलमान खानको चरित्र फिल्म गद्दार जस्तो लडाईं हुनेछ। तर फिल्ममा कुनै एक्सन राखिएन।’

यसको बाबजुद, सलमान खानको सानी केटीसँगको केमेस्ट्री दर्शकहरूलाई भावनात्मक बनायो र यो फिल्म प्रयोग सफल भयो।

यसपछि सलमानले ‘ट्युबलाइट’ र ‘भारत’ मा आफूलाई प्रयोग गर्नुभयो। तर, दर्शकले अस्वीकार गरिदिए। सलमानको एक्सन अवतार ‘दबंग ३’ र ‘रेस ३’ लाई पनि दर्शकहरूले खासै मन पराएनन्। यी फिल्महरूले १०० करोडभन्दा बढी भने कमाएका थिए।

सलमानले फिल्म वितरकहरुलाई ‘ट्युबलाइट’ नचलेकोले क्षतिपूर्ति पनि दिनुभयो।

फिल्म उद्योगको विवादमा सलमान

सलमानले अरू कुनै पनि स्टार जत्तिकै ख्याति पाएका छन्। तर यस ख्यातिसँगै उनी विवादको घेरामा भने रहिरहनु परेको छ। २००२ को हिट एन्ड रन केसले उहाँको आलोचना भयो। जुन २०१५ मा निर्दोष साबित हुनुभयो। कालो हरिण शिकारको मामला अझै मुद्दा अदालतमा चलिरहेको छ।

२६र११ मुम्बई हमलासम्बन्धी बयानको कारण उहाँ विवादमा तानिनुभयो। त्यसबेला मुम्बई हमलामा पाकिस्तानलाई दोष नमिल्ने उहाँले अभिव्यक्ति दिनुभएको थियो। सलमानले यसका लागि पछि माफी माग्नुपरेको थियो।

२०२१ र सलमानको जिम्मेवारी

सलमानलाई फिल्म उद्योगको सबैभन्दा विश्वसनीय सुपरस्टार मानिन्छ। उहाँका फिल्महरु जबरजस्त ओपनिङ गर्ने गर्छन्। कोरोना महामारीको कारण २०२० मा थिएटरहरू बन्द भए। वर्षको अन्त्यमा, खुला थिएटरमा दर्शकको अभाव खेपिरहेका छन्।

अतुल मोहन भन्नुहुन्छ, ‘२०२१ मा सलमानको फिल्म ‘राधे’ र अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले फिल्म जगतका लागि ठूलो आशा राखेका छन्। जसले दर्शकलाई थिएटरमा ल्याउन सक्दछन्।’

 

Share Now

Leave a comment.