
तस्मानिया(अष्ट्रेलिया), १८ पौष । नेपाली क्रिकेटका चम्किला तारा सन्दीप लामिछाने अष्ट्रेलियाको चर्चित टी २० क्रिकेट लिग बिगब्यासमा नयाँ क्लब होबर्ट हुरिकेन्सबाट मैदान उत्रने भएका छन्।
उनी होबर्ट हुरिकेन्सको पर्पल जस्र्सीमा आफूले विगतमा दुईपटक खेलिसकेको क्लब मेलबर्न स्टार्सविरुद्ध मैदानमा उत्रन लागेका हुन् ।
नेपालम छँदै कोरोना संक्रमण देखिएका सन्दीप कोरोना मुक्त भएर अष्ट्रेलिया प्रस्थान गरेका थिए । त्यहाँ पनि दुई हप्ताको अनिवार्य क्वारेन्टाइनमा बसेपछि उनले खेल्ने अनुमति पाएका हुन ।
I am all pumped up for my first @HurricanesBBL game. Can't wait to be the part of the #TasmaniasTeam. For this new year, I wish you all enough sunshine and happiness. With much love. pic.twitter.com/XcwhzgioKu
— Sandeep Lamichhane (@Sandeep25) December 31, 2020
कोरोना संक्रमण,अस्पताल र होटल क्वारेन्टाइनको बासको कारण बिग ब्यासमा क्लबका ६ खेल गुमाएका सन्दीप क्लबको सातौ सातौं खेलमा आज सन्दीप मैदानमा उत्रदै छन् । क्लबका लक्की सेभेन खेल उनकोलागि कतिको फलिफाप हुन्छ आज दिउसौ थाहा हुनेछ ।
आजको खेल नेपाली समय बिहान ११ : ५० बजे सुरू हुदैछ।
नेपाली स्टार सन्दीप आबद्ध होबर्ट हुरिकेन्स अहिले ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सिडनी सिक्सर शीर्ष स्थानमा रहेको छ।
सन्दीपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिसबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने छ। पुरानो क्लबविरुद्ध सन्दीपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।
सन्दीपको शनिबारको सहभागिता भने होबर्टका प्रशिक्षक एडम ग्रिफीथ र कप्तान म्याथ्यू बेडको रोजाइमा भर पर्नेछ ।
होवार्टले किनेका विदेशी खेलाडीमध्ये दुई जना स्पीनर र एक व्याटसम्यान छन्। जसमा अफगानिस्तानका राइट आर्म लेग स्पिनर क्वाइस अहमद, दक्षिण अफ्रीकी ब्याट्सम्यान डेभिड मिल्लर र नेपालका सन्दीप लामिछाने हुन्।
सन्दीपको टोली होवर्ट हुरिकेन्सका आगामी लिग खेल :
- जनवरी २ होवर्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टार्स (होवर्ट)
- जनवरी ४ होवर्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टास(ब्रिजबेन)
- जनवरी ७ होवर्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर ( पर्थ)
- जनवरी १२ होवर्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स(पर्थ)
- जनवरी १८ होवर्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर (सिड्नी)
- जनवरी २२ होवर्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स (मेलवर्न)
- जनवरी २४ होवर्ट हुरिकेन्सविरुद्ध सीडनी सिक्र्सस( सिड्नी)
- जनवरी २६ होवर्ट हुरिकेन्सविरुद्ध मेलवर्न रेनगेड्स(मेलवर्न)