Prakash Adhikari January 6, 2021

 

एटलाण्टा(जर्जिया), २२ पौष । अमेरिकी राज्य जोर्जियामा सिनेटको दुई सिटको लागि भएको मतदान सम्पन्न भएको छ । पहिले भएको मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवैतिरका उम्मेदवारले आवश्यक मत हासिल नगरेकोले यो दोस्रो चरणको निर्वाचन भएको हो ।

यो निर्वाचनले राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने छ।

बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ।

यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ।

बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ।

रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू
रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू

बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताउनुभएको छ।

यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने ूअमेरिकालाई बचाउने अन्तिम मौकाू भएको बताउनुभयो।

हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू सदस्य हुनुहुन्छ।

यसपटकको चुनावमा लोफ्लरलाई रेभेरेन्ड राफेल वार्नोक र पर्ड्यूलाई पूर्व पत्रकार जोन ओस्सोफले चुनौती दिनुभएको छ।

डेमोक्र्याट रेभेरेन्ड राफेल वार्नोक र जोन ओस्सोफ

डेमोक्र्याट रेभेरेन्ड राफेल वार्नोक र जोन ओस्सोफ

गत नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार दोस्रो निर्वाचन भएको हो।

जीएमटी समय अनुसार रातको १२ बजे र जोर्जियाको समय अनुसार साँझ ७ बजे मतदान सम्पन्न भएको छ।

उक्त मतदानले सिनेटमा शक्ति सन्तुलतको निर्णय गर्नेछ।

सिनेटमा रहेका १०० सीटमध्ये हाल रिपब्लिकनहरू ५२ सिटमा रहेका छन्।

ट्रम्प र बाइडन दुवैले सोमवार साँझ जोर्जियामा र्‍यालीहरूमा सहभागिता जनाउनुभएको छ।

बाइडनले एट्लान्टामा मतदाताहरूलाई भन्नुभएको छ, ‘जोर्जिया पूरा देशले तपाईँहरूलाई हेरिरहेको छ।’

जनवरी २० मा ह्वाइटहाउस छोड्दै गर्नुभएका ट्रम्पले जोर्जियामा र्‍यालीलाई सम्बोधन गर्दै भन्नुभयो, उनीहरूले यो ह्वाइट हाउस लिइरहेका छैनन्। हामी नर्कजस्तै गरि लडिरहेका छौँ।

 

Share Now

Leave a comment.