Prakash Adhikari January 12, 2021

 

मुम्बई(भारत), २८ पौष । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउडकी अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ।

सोमबार कोहलीले ट्वीट गर्दै पुत्री लाभ भएको जानकारी गराउनुभएको हो।

‘हामी दुबै जनालाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि, आज साँझ हाम्रो छोरी भएको छ। हामी तपाईंहरूको माया र मंगल कामनाको मन देखिनै आभारी छौं’,भारतीय क्रिकेट टिमका कप्तान कोहलीले लेख्नुभएको छ।

अनुष्का र छोरी दुबैको स्वास्थ्य ठिक भएको कोहलीले बताउनुभएको छ ।

‘हाम्रो सौभाग्य हो कि हाम्रो जिन्दगीको यो च्याप्टर अनुभव गर्न पायौं’, कोहलीले लेख्नुभएको छ,’हामीलाई थाहा छ तपाईंहरूले यो समयमा हामीलाई केही गोपनियता आवश्यक भएको बुझ्नुहुन्छ।’

Image

आमा बावु बन्न लागेकोबारे अनुष्का कोहलीले पहिले नै घोषणा गनुभएको थियो। कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गर्नुभएको थियो।

अनुष्का शर्माले आमा बन्नु अघि विभिन्न म्यागजिनका लागि प्रेग्नेन्सी फोटोसुट समेत गराएउनुभएको थियो।

 

Share Now

Leave a comment.