Prakash Adhikari January 14, 2021

फलेवास(पर्वत), १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामन्त्री के.पी. शर्मा ओलीले बैशाखमा निर्वाचन गराउन नसके देशमा बस्न नसक्ने परिस्थिति सिजर्ना गरिदिने चेतावनी दिनुभएको छ ।

पर्वतका शहीद हरिदत्त तिवारीको १८औँ स्मृति दिवसको अवसरमा जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा आयोजित सभामा उहाँले सो चेतावनी दिनुभएको हो ।

‘पहिले ओलीलाई भोट दिएर जिताउने, अहिले बदमास रहेछ भन्न पाइन्छरु अहिले बदमास भन्ने भए त्यतिबेला भोट किन दिएको तरु’ सभापति देउवाले भने, ‘वैशाखमा चुनाव गराउन नसके ओलीलाई यो देशमा बस्नै नसक्ने गरी कांग्रेसले धक्का दिन्छ।’

उहाँले प्रधानमन्त्री ओलीले निर्वाचन गराउँछन् भन्नेमा चाहिँ विश्वास नभएको पनि बताउनुभयो।

सभालाई संबोधन गर्दै कांग्रेस सभापति देउवाले अदालतले संसद् पुनःस्थापना नगरेमा निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो।

संसद् विघटनको मुद्दा अदालतमा रहेको बेलामा कसैले पनि अदालतलाई दवाव दिने काम गर्न नहुने बताउँदै पूर्व प्रधानमन्त्री देउवाले कांग्रेसले कहिल्यै पनि यस्ता खराब काम नगरेको दाबी गर्नुभयो।

अहिलेको अवस्थामा अदालतले विचार पुर्‍याउने भएकोले अदालतलाई धम्क्याउन नहुने बताउदै भन्नुभयो, सर्वोच्च अदालतलाई सदनले दवाव दिने भए सर्वोच्च अदालत किन चाहियो ?

उहाँले ‘संविधानको व्याख्याअदालत गर्ने बताउदै भन्नुभयो, देशमा विज्ञ र वकिलहरू छन्, उनीहरूले यो विषयमा बहस गर्ने छन्।कांग्रेसले कहिल्यै पनि अदालतलाई प्रेसर दिँदैन । ’’

छिटो चुनाव राम्रो

कांग्रेस सभापति देउवाले जनता सर्वोच्च अदालतभन्दा पनि शक्तिशाली भएकोले लोकतान्त्रिक शक्तिहरु निर्वाचनबाट भाग्न नहुने बताउनुभयो।

उहाँले छिटो चुनाव घोषणा हुनु प्रतिपक्षी दल र नेपाली कांग्रेसको लागि राम्रो भएको उल्लेख गर्नुभयो।

‘एकदिन जनताको माझमा जानैपर्छ। जनताको भोट लिएर आउनपर्छ। त्यसका लागि चुनावसँग डराउने अवस्था त हुँदै हुँदैन नि। जनताको भोट पाउनु भनेको जनताको साथ पाउनु हो,’ कांग्रेस सभापति देउवाले भन्नुभयो अब कांग्रेसीहरू पनि जनताको घर घरमा पुगेर दुःख सुखमा साथ दिएर चुनावको तयारीमा पनि होमिनुपर्छ।’

विरोध र चुनाव दुवै आफ्नै बूतामा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न बुधबार साँझ पुप्पकमल दाहाल प्रचण्ड र माधव नेपाल आएको उल्लेख गर्दै नेपाली कांग्रेस कम्युनिष्टका कुनै पनि समूहसंग नजिक नरहने र आफ््नै बलबूतामा विरोध र निर्वाचनको तयारी गर्ने बताउनुभयो ।

उहाँले आफूलाई सहकार्यको प्रस्ताव गरिएको पनि बताउनुभयो ।

कांग्रेसमा एकता मजबूत बन्ने

कांग्रेस सभापति देउवाले बदलिदो राजनीतिक परिवेशले यस अगाडि संघीय संसदमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको एकता थप मजबूत हुने पनि बताउनुभयो ।

देशमा राज्य सुसञ्चालन गर्न, विकास गर्न, जनताको पीर मर्का समाधान गर्न नेपाली कांग्रेसको सरकार अपरिहार्य भएको कुरा दुईतिहाईको जनाधार भएको कम्युनिष्टहरुको सरकार र संसद ढलेपछि स्पष्ट भएकोले आन्दोलनको मोर्चा, संगठनको मोर्चा र चुनावी मोर्चा सबैमा नेपाली कांग्रेस एकमतले अगाडि बढ्ने पनि कांग्रे सभापतिले बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसमा पार्टी सभापति र संस्थापक नेता कृष्णप्रसाद भट्टराई गणेशमान सिंंह जस्ता नेताले पार्टी नै छाडेर हिँड्ने निस्किए जसरी कोही नि निस्कन पर्ने अवस्था आफ्नो कार्यकालमा नआउने पनि उहाँले बताउनुभयो ।

सभापति देउवाले आफू सभापति भएकोले पार्टीभित्रको विवाद मिलाउनु नै आफ्नो कर्तव्य भएको पनि उल्लेख गर्नुभयो।

 

 

Share Now

Leave a comment.