Prakash Adhikari January 18, 2021

काठमाडौ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसंग सोमबार साँझ परामर्श गर्नुभएको छ । सभापति देउवा परामर्शको लागि वरिष्ठ नेता पौडेलको निवास बोहराटार पुग्नुभएको थियो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पार्टीभित्रका आन्तरिक विषयमाथि आज साँझ कुराकानी भएको छ।

कांग्रेसमा क्रियाशील सदस्यता, केही जिल्लामा समायोजन लगायत केही विषयमा विवाद छ। सभापति देउवा र पौडेलबीच यी विषय समाधान गर्नेबारे ‘वान टु वान’ छलफल भएको छ।

केही दिनअघि नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवासँग भेटवार्ता गर्नुभएको थियो।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जनाएको छ।

 

Share Now

Leave a comment.