Prakash Adhikari January 20, 2021

 

काठमाडौं, ७ माघ । नेपाललाई भारतले अनुदानस्वरूप नेपाललाई दिएको कोरोनाभाइरसको १० लाख मात्रा खोप बिहीवार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले बुधबार एक पत्रकारसम्मेलनमार्फत यसको जानकारी दिनुभएको हो ।

‘भारतले १० लाख मात्रा कोभिड-१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ,’ बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भन्नुभयो,’त्यो भोलि नै राजधानी काठमाडौंमा अवतरण हुँदैछ।’

ह्रदयेश त्रिपाठी

मन्त्री त्रिपाठीले सो खोप ‘अग्रपङ्क्तिका योद्धालाईू दिन सबै तयारी पूरा गरिसकेको बताउनुभएको छ। विश्वभर विरामीको हेरचाहमा प्रत्यक्ष संलग्न चिकित्सक,नर्स,प्यारामेडिकल व्यक्ति,सरसफाईकर्मीहरु एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई अग्रपंक्तिका योद्धाका रुपमा लिइएको छ ।

‘सुरुमा अग्रपङ्क्तिका योद्धाहरूलाई दिइनेछ र बाँकी रहेमा जोखिममा रहेका जनसङ्ख्यालाई दिइनेछ।’, मन्त्री त्रिपाठीले भन्नुभएको छ,’यो पर्याप्त छैन त्यसैले खोप खरिद प्रक्रियामा पारदर्शी भएर अगाडि बढ्नेछौँ।’

मन्त्री त्रिपाठीले आगामी दिनमा पनि खोप खरिदमा भारत सरकारको सहयोग महत्त्वपूर्ण हुने बताउनुभएको छ

‘ऐतिहासिक अवसर’

मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूल अवस्थामा पनि औषधीको र अन्य चिकित्सासँग सम्बन्धित सामग्रीको आपूर्ति कायम राखेकोमा खुसी व्यक्त गर्दै खोपलाई ‘अमूल्य उपहार’  भन्नुभएको छ।

कोभिशील्ड

कोभिशील्ड

खोप अनुदानलाई ‘मित्रताको अनुपम नमुना’ भन्दै मन्त्री त्रिपाठीले बुधवार ‘ऐतिहासिक दिन’ भएको बताउनुभयो।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भने उडानसम्बन्धी सबै व्यवस्था मिलेमा केही दिनमा भारतले उपहारको रूपमा दिएको खोप नेपाल आइपुग्ने बताउनुभयो।

भारतबाहिर यो खोप प्राप्त गर्ने सुरुका देशहरूमध्ये नेपाल पनि भएको बताउनुभएको छ।

विनयमोहन क्वात्रा

उहाँले स्पष्ट रूपमा खरिदसम्बन्धी विषयमा बोल्नुभएन तर यो सहयोग नेपाललाई कोरोनाभाइरसमुक्त बनाउने अभियानको पहिलो कदम हुने बताउनुभयो।

 

Share Now

Leave a comment.