Prakash Adhikari January 20, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ७ माघ(बीबीसी) । अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा जो बाइडनले पदको सपथ ग्रहण गर्नुभएको छ।

उहाँलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराउनुभएको थियो।

राष्ट्रपति जो बाइडनले सपथ ग्रहण गर्नु अगाडि उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिनुभएको थिया। उहाँ अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित प्रथम महिला हुन्।

सपथ लिइसकेपछि आफ्नो पहिलो राष्ट्रपतिय सम्बोधनमा बाइडनले भन्नुभयो, ‘यो प्रजातन्त्रको दिन हो।’

जो बाइडन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति

जो बाइडन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति

‘प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।’

नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिनुभएको थियो।

बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्चर भन्नुहुन्छ, ‘जो बाइडनलाई आफ्नो अगाडिको बाटो कठिन छ भनेर थाहा छ।’

उहाँले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोल्नुभएको छ ।

उहाँले विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद उहाँले आफ्ना मुख्य चुनौती मान्नुभएको छ ।

उहाँले आफ्नो संबोधनमा पटकपटक संविधानको उल्लेख गर्दै यसप्रति आफू प्रतिबद्ध रहने मात्र बताउनु भएन यसकै कारणबाट अमेरिकी प्रजातन्त्रको संस्थागत विकास हुँदै खारिदै आएको पनि बताउनुभयो ।

यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची आउदा दिनमा सरकारी नीति र कार्यक्रममा प्रस्तुत गर्नुहुने छ नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उहाँले प्रस्तुत गरेका उपाय होः राष्ट्रिय एकता।

kamala harris
ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराउनुभएको थियो।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाउनुभएन।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उहाँ चौथो अमेरिकी राष्ट्रपति हुनुहुन्छ।

 

तर उहाँका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित हुनुभएको थियो।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित हुनुहुन्थ्यो।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो’ भन्नुभएका थियो।

Share Now

Leave a comment.