Prakash Adhikari January 21, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ८ माघ(बीबीसी) । राष्ट्रपति पदको सपथग्रहण लगत्तै जिम्मेवारी सम्हाल्नुभएका अमेरिकाका ४६ औं राष्ट्रपति जो वाइडनले पहिलो दिनमा नै कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने कोसिस गर्नुभएको छ।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उहाँले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ।

‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गर्नुभएको थियो।

उहाँले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गर्नुभएको छ।

उहाँले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

भर्खर पदभार ग्रहण गर्नुभएक राष्ट्रपति बाइडनका मुख्य आदेश यस्ता छन् :

कोरोनाभाइरस महामारी

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन् :

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
  • कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
  • सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
  • आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

 

वातावरण

वातावरण
जलवायु सङ्कट

राष्ट्रपति बाइडनले वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू उल्ट्याउने चाहना राख्नुभएको छ। त्यसको निम्ति उहाँको आदेशमा भनिएको छस्

सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने
विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन

आप्रवासनको विषयमा पनि नयाँ राष्ट्रपति बाइडनले आदेशमार्फत दुई प्रमुख निर्णय गर्नुभएको छ ः

ट्रम्पले लागू गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

आदेश गर्नु त सजिलो पाटो हो ( एक विश्लेषण)

बीबीसीका एन्थोनी जर्कर भन्छन् जो बाइडन तथा उनका टोलीसँग यी प्रारम्भिक कदमको तयारीका निम्ति झन्डै तीन महिना उपलब्ध थियो।

डोनल्ड ट्रम्पले उहाँको कार्यकारी आदेश जारी गर्नसक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गर्नुभयो। त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउनुहुनेछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

बाइडनले त्यसो गर्न धेरै समय लगाउनुभएन।

तर कार्यकारी आदेश जारी गर्नु त बाइडनका लागि सबभन्दा सजिलो पाटो हो। खास परिवर्तन गर्न त अब उहाँले यी विषयलाई दीर्घकालीन स्थायित्व दिनेगरि नीतिगत व्यवस्था गर्न सक्नुपर्छ।

त्यसका निम्ति उहाँले कङ्ग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।

संसदको दुवै सदनमा डेमोक्र्याटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ। तर त्यसका निम्ति उहाँले रिपब्लिकनहरूले तेर्स्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ।

यहीँनेर बाइडनको दशकौँ पुरानो अनुभव काम लाग्न सक्छ।

 

Share Now

Leave a comment.