Prakash Adhikari January 21, 2021

काठमाडौं, ८ माघ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले आफूलाई तीन वर्ष इन्डियन प्रिमियर लिगमा मौका दिएको दिल्ली क्यापिटल्सप्रति आभार प्रकट गरेका छन् ।

दिल्ली क्यापिटल्सले आफ्नो टिमबाट सन्दीपलाई मुक्त गरिएको घोषणा गरेको भोलिपल्ट उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘आईपीएल मलाई निकै ठूलो गुन लगाएको खासगरी दिल्ली क्यापिटल्सले जसले ममाथि विश्वास गर्‍यो र एउटा मौका दियो,’ सन्दीपले बिहीबार ट्विटरमा लेखेका छन्, ‘यी स्मरणीय तीन वर्षका लागि डीसी परिवारका सबैजनाप्रति म धन्य छु।’


IPL – Indian Premier League has given a lot to me, especially Team Delhi Capitals which trusted in me and gave me a break. I am thankful to everyone in DC family for these memorable 3 years. Special shout out to Sir Hamant Dua for that first pick. I wish you all enough. Here is to new directions

Image may contain: 9 people, people playing sports and outdoor


आफूलाई पहिलोपटक छनोट गर्ने हेमन्त दुआलाई विशेष स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

दिल्ली क्यापिटल्सले सन्दीपलाई सन् २०१८ मा बार्षिक भारतीय रुपैया २० लाख पारिश्रमिक पाउने गरी तीन वर्षका लागि करार गरेको थियो।आईपीएलमा अवसर पाएपछि सन्दीपले विश्वका धेरै चर्चित लिगमा खेल्ने अवसर पाएका हुन ।

दिल्लीले सन्दीपलाई फुकुवा गरेसँगै सन २०२१ को आईपीएलमा अन्य टोलीमा जानका लागि उनलाई अब बाटो खुलेको छ।

सन् २०१८ मा तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए। २०१९ को आईपीएलमा उनले ६ खेलमा ८ विकेट झारेका थिए। तर सन २०२० को आईपीएलमा भने उनले प्रतियोगितामा मैदानमा उत्रिएर बल फाल्ने अवसर पाएनन् ।

सन २०२१ को आईपीएलका लागि खेलाडी छनोट कार्यक्रम फेब्रुअरी दोस्रो साता हुने बताइएको छ ।

Share Now

Leave a comment.