मेलबर्न(अष्ट्रेलिया), ९ माघ । अष्ट्रेलियामा भैरहेको बिग ब्यास लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले शुक्रबार टिमका लागि दुई विकेट लिएका छन् ।
डकल्यान्ड्स स्टेडियम, मेलबर्नमा सम्पन्न ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्स भने पर्थ स्करचर्ससंग २२ रनले पराजित हुन पुगेको छ।
ेखेलमा पर्थले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा होबर्टले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो।
होबार्टको लागि ओपनर ड्यार्सी सर्टले सर्वाधिक ४३ रन, पिटर ह्यान्ड्सकम्बले ३० रन, टिम डेभिडले २७ रन तथा विल ज्याक्सले २१ रन योगदान दिए । नाथन इलियसले ९, म्याथु वादेले ६, स्कर्ट बोलार्डले ५ तथा डाबिन मलान र रिले मेरेडिथले ३ । ३ रन जोडेका थिए ।
होबर्ट हुरिकेन्सलाई रोक्ने क्रमम ापर्थको बलिंगमा झाई रिचर्डसनले सर्वाधिक ४ विकेट लिए भने जेसन बेरेनडर्फले २ तथा एन्ड्रु टाई र लियाम लिभिंगस्टोनले समान १ । १ विकेट लिएका थिए ।
सन्दीपले लिए २ विकेट लिए
यस अघि टस जितेर ब्याटिंग गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।
पर्थको लागि जोश इंगलिसले सर्वाधिक ५८ रन बनाए भने झाई रिचर्डसनले २९ रन, लियाम लिभिंगस्टोनले २६ रन तथा जेसन रोयले २० रन बनाए। खेलमा आरोन हर्डीले १२, मिचेल मार्स ७,कोलिन मुनरो ५, जसन बेहरेन्डर्फले २ र एण्ड्रयू त्यले १ रन जोडेका थिए ।
होबार्टको बलिंगमा नाथन इलिसले सर्वाधिक ४ विकेट लिए। नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले २ विकेट लिए भने विल ज्याक्स र ड्यार्सी सर्टले १ । १ विकेट लिए।
जितपछि पर्थ लिग अंक तालिकाको दोश्रो स्थानमा रहेको छ जसले १२ खेलमा ७ जित र ४ हार बेहोरेको छ। हार पछि होबार्ट १२ खेलमा समान ६ , ६ जित हार सहित २३ रन बटुल्दै छैठौं स्थानमा रहेको छ। अंक तालिकामा सिड्नी ८ जित सहित पहिलो स्थानमा रहेको छ।
सन्दीप लामिछानेको प्रदर्शन
यस सिजनको बिग ब्यासका २ खेलमा लगातार विकेट बिहिन बनेका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले छैठौं खेलमा भने लयमा फर्केका छन् । पर्थलाई दबाबमा राख्ने क्रममा सन्दीपले माथिल्लो क्रमको २ विकेट लिए। ४ ओभर खेलमा २७ रन खर्चेर २ विकेट लिएका सन्दिपले लियाम लिभिंगस्टोन र मिचेल मार्शलाई मैदानबाट बाहिर पु्र्याएका थिए ।
सन्दीपले यो सिजनमा खेलेका ६ खेलमा विकेट संख्या पनि ६ नै पुर्याएका छन्। उनले पहिलो २ खेलमा मेलबर्न स्टार्ससंगको खेलमा २ र १ विकेट लिएका थिए भने तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध १ विकेट लिएका थिए।
छैठौं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले यस ओभरमा १ विकेट लिए र १० रन दिए ।
आठौँ ओभरमा दोश्रो स्पेल लिएर आएका सन्दीपले पाँचौ बलमा मिचेल मार्शलाई एलबिडब्लु आउट गरे। उनले यो स्पेलका ६ बलमा जम्मा ५ रन जोड्न दिए ।
११ औं ओभरमा तेश्रो स्पेल लिएर आएका सन्दिपले ७ रन बनाउन दिए भने १३ औं ओभरको चौथो स्पेलमा ६ रन खर्चिए।


















