Prakash Adhikari January 22, 2021

काठमाडौं, ९ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३ र्औ साधारण सम्पन्न भएको छ ।

शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सीमित भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.२६९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित तीन जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित हुनुभएको छ ।

साथै, सभाबाट पारित १०. २६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ । हाल
बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १ सय २७ शाखा र १ सय २ वटा एटीएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६। ७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।

Share Now

Leave a comment.