Prakash Adhikari January 22, 2021

 

भैरहवा(रुपन्देही),९ माघ । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनीको विश्व शान्ति दीप प्रज्ज्वलन गर्ने दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

संझौता पत्रमा नेपाल आयल निगम लि. लुम्बिनी प्रादेशिक कार्यालय भलबारीका प्रादेशिक प्रमुख प्रलयंकर आचार्य र लुम्बिनी विकास कोषका प्रमुख प्रशासन तथा व्यवस्था महाशाखा प्रमुख ज्ञानिन राईबीच सम्झौता भएको हो ।

अब लुम्बिनीमा बल्दै आएको विश्व दीपमा निगमको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको दीप बल्ने छ ।

यस पुनित कार्यमा सहयोग गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले लुम्बिनी जस्तो पवित्र ठाउँमा सहकार्य गर्न पाउँदा खुशी महसुस भएको बताउनुभयो ।

 

Share Now

Leave a comment.