Prakash Adhikari January 22, 2021

 

मूलपानी(काठमाडौं), ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा प्रदेश नम्बर २ लाई ६ विकेटले पराजित गरेको छ ।
यस पहिले नेपाल पुलिस क्लब र सुदूरपश्चिमलाई पराजित गरेको बाग्मती ंप्रदेशको यो लगातार तेश्रो जित हो। बागमती ३ जितसहित अंकतालिकामा शीर्षस्थानमा रहेको छ।

प्रदेश २ को लागि भने यो लगातर दोश्रो हार हो ।

माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४ विकेट गुमाएर ४८.४ ओभरमा पूरा गर्यो।

बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ५३ रन बनाए भने बिभत्सु थापाले ४७ रन, आकाश थापाले ३२ रन तथा इशान पाण्डेले १५ रन बनाए।

प्रदेश २ को बलिंगमा हरिशंकर शाहले २ विकेट तथा बिशाल सुश्लिंग र कुमार थापाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश २ ले ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

प्रदेश २ को ब्याटिड.

प्रदेश २ को लागि बिबेक यादबले दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ६६ रन योगदान दिए। कुमार थापाले २२ रन, राहुल प्रताप सिंहले १८ रन तथा सुधिर चौधरीले १५ रन बनाए।

बागमती प्रदेशको बलिंगमा गौतम केसीले सर्वाधिक ४ विकेट लिए । रामनरेश गिरिले २ तथा नन्दन यादब, तिलक भण्डारी र बिपिन आचार्यले समान १ । १ विकेट लिए।

Share Now

Leave a comment.