Prakash Adhikari January 25, 2021

काठमाडौं, १२ माघ । नेपाली काँग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

काँग्रेसको शिक्षा केन्द्रीय विभागको आइतबार बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । बैठकले शुल्क वृद्धिको निर्णयको भत्र्सना पनि गरेको छ

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७ । ७८ मा आयोगले रु ८ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु(याएको जनाएको छ ।

बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.