
काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रान्तिकारीसँग मिलेर नेपाली जनता र आफ्नै सहयात्रीमाथि छुरा प्रहार गरेको आरोप लगाउनुभएको छ।
आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजन गरेर, प्रतिनिधि सभा विघटन गरेर आफ्नै साथीरसहयात्री र जनतामाथि छुरा प्रहार गरेको बताउनुभयो।
‘प्रतिक्रान्तिकारीहरुसँग मिलेर आफ्नै सहयात्रीहरुमाथि छुरा प्रहार गर्ने काम ओलीबाट भएको छ’, दाहालले भन्नुभयो, ‘पार्टी विभाजन गर्नु, संविधानमाथि प्रहार गर्नु, जनताले सार्वभौम अधिकार प्रयोग गर्ने जनप्रतिनिधि संस्था विघटन गर्नु जनताको मुटुमा छुरा हानेजस्तै हो।ु
उहाँले प्रधानमन्त्री केपी ओलीको निरंकुशता, स्वेच्छाचारिता र अराजकताविरुद्ध फेरि एकपटक लड्नुपर्ने परिस्थिति आएको बताउनुभयो।
उहाँले वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव पनि ओलीको नभइ आफूहरुको भएको दावी गर्नुभयो।
उहाँले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभयो। उहाँले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठूलो डिजाइनअन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको पनि बताउनुभयो।
‘हामीले ७० वर्ष लामो लडाईं लडेर शान्तिपूर्ण जआन्दोलन र जनयुद्धका बीचबाट नेपाली जनतादले प्राप्त उपलब्धि नै धरापमा पार्ने, धरासायी बनाउने काम देशभित्रका हिजोका राजा÷रजौटाहरु, सामन्ती र निरंकुशतावादी तत्वहरुसँग साँठगाँठ गरेर र देशबाहिर दक्षिणपन्थी प्रतिक्रियावादी एउटा ठूलो डिजाइनअन्तर्गत भएको हो।’
उहाँले ओली नेतृत्वको सरकारले किसानमाथि प्रहार गरेको बताउनुभयो। उहाँले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनु किसानको हितविपरीत भएको उल्लेख गर्दै ओलीको राष्ट्र र किसानविरोधी नीतिको खुलेर विरोध गर्नुपर्ने बताउनुभयो।