लण्डन(संयुक्त राज्य अमेरिका), १ फागुन(बीबीसी) । कोभिड खोप वितरणबारे अहिले सबै जनाको मनमा उत्पन्न हुने प्रश्न हो( मेरो पालो कहिले आउँछ ? केही देशहरूले स्पष्ट लक्ष्य राखेका छन् तर बाँकी विश्वको अवस्था अस्पष्ट छ। उसोभए हामीलाई अहिलेसम्म के थाहा छ त ?
कोभिड ९९ को खोप लिनु भनेको जीवनमरणको सवाल हो।
यसमा जटिल वैज्ञानिक प्रक्रियाहरू, बहुराष्ट्रिय कम्पनीहरू, कैयन् विरोधाभासपूर्ण सरकारी वाचा र कर्मचारीतन्त्र तथा नियमका जालो जोडिएका छन्। त्यसैले कहाँ कसले कतिखेर खोप पाउलान् भनेर भनिहाल्न कठिन छ।
यो विषयमा इकोनमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू)को ग्लोबल फोरकास्टिङका निर्देशक अगाथे डेमाराइसले यसबारे विस्तृत अध्ययन गर्नुभएको छ।
ईआईयूले विश्वको खोप उत्पादन क्षमताका साथै खोप वितरणका लागि आवश्यक स्वास्थ्य पूर्वाधार अनि देशअनुसारको जनसङ्ख्या र खोप किन्न सक्ने क्षमता हेरेको छ।
यसको मुख्य निष्कर्ष धेरैले सोचे जस्तै धनी र गरिबको सवालमा खोप वितरण भर पर्छ भन्ने नै छ। यूके र अमेरिकालाई खोप आपूर्तिमा कुनै समस्या छैन। किनभने तिनले खोप विकासमा पनि धेरै स्रोत लगाए र अहिले लाइनमा अगाडि छन्।
क्यानडा तथा ईयूका देशहरू उनीहरूभन्दा थोरै पछाडि छन्।
तर अधिकांश न्यून आय भएका देशहरूले खोप लगाउन सुरु गरेकै छैनन्। तर केही अनौठो उदाहरण पनि देखिएका छन्।

तल देशको नाम राखेर त्यहाँ कहिले खोप वितरण हुन्छ थाहा पाउन सकिन्छ
कोभिड खोप
क्यानडाले उसलाई चाहिनेभन्दा पाँचगुना धेरै खोप खरिद गरेको भनेर गत वर्ष आलोचना भएको थियो। तर उनीहरू खोप आपूर्तिको प्राथमिकता भने अझै नपरेको देखियो।
किनभने क्यानडाले युरोपेली मुलुकहरूका कारखानाबाट किन्न लगानी गर्यो। डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले खोप निर्यातमा प्रतिबन्ध लगाउला भन्ने उसलाई लाग्यो।
तर परिस्थिति उल्टो भइदियो।
युरोपेली कारखानाहरू आपूर्ति गर्न सङ्घर्षरत रहेको भने अमेरिका होइन बरु ईयूले चाहिँ निर्यात प्रतिबन्धको कुरा उठाएको छ।
युरोपेली बजारमा पर्याप्त आपूर्ति नभएसम्म क्यानडा पठाउने कुरा नहुने देखिन्छ,ू अगाथे डेमाराइसले भन्नुभयो।
अनि अपेक्षाभन्दा राम्रो गरिरहेका देशहरू पनि छन्।
गरिब देशले कसरी पाउलान् कोभिड खोप
यो लेख तयार पारुन्जेल सर्बिया जनसङ्ख्याको अनुपातमा धेरै खोप लगाउनेमा आठौँ स्थानमा थियो -ईयूमा सबैभन्दा अगाडि।
सर्बियाको सफलता प्रभावकारी खोप अभियानका कारणमात्र होइन। उसले पूर्वी युरोपमा प्रभाव जमाउने चीन र रुसको कोसिसका कारण पनि लाभ पाएको छ। यहाँ रुसी स्पुतनिक(भी तथा चिनियाँ सिनोफार्म दुवै खोप उपलब्ध भइसकेको छ।
धेरै मानिसले चिनियाँ खोप पाएका छन्। चीनको खोप प्रभावकारी हुनसक्छ। भविष्यमा पनि अतिरिक्त अर्थात् बुस्टर डोज चाहिए ती मानिसले चिनियाँ खोप नै खोज्नेछन्।
यूएई पनि सिनोफार्म खोपमा धेरै निर्भर छ। त्यहाँ लगाइएका खोपको ८० प्रतिशत मात्रा त्यहीँ उत्पादन समेत गरिएको छ। यूएईले सिनोफार्मको उत्पादन पूर्वाधार तयार पारेको छ।
यसले चीनको प्रभाव बढ्नेछ र भविष्यमा चीनलाई कुनै विषयमा नाइँ भन्न कठिन हुने डेमाराइसको भनाइ छ।
तर विश्वमा खोपको महाशक्ति हुनु भनेको ती देशकै जनसङ्ख्या पहिले लाभान्वित भइहाल्छन् भन्ने पनि होइन।
ईआईयूको अनुसन्धानअनुसार चीन र भारतजस्ता खोप उत्पादनका अग्रणी मुलुकहरूमा पूर्ण खोप लगाउन सन् २०२२ को अन्त्यसम्म लाग्न सक्छ। दुवै देशमा धेरै जनसङ्ख्या छ र खोप लगाउने जनशक्तिको अभाव छ।

खोप
भारतको सफलताको पछाडि एकजना व्यक्तिको मुख्य भूमिका छ। अदार पुनावालाको कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डिया विश्वकै सबभन्दा ठूलो खोप निर्माता हो।
गत वर्षको मध्यमा पुनावालाको परिवारलाई चिन्ता पनि लागेको थियो किनभने सो परिवारले अप्रमाणित खोप निर्माणका निम्ति आफ्नो अर्बौँको लगानी गरेको थियो।
ज्यानुअरीमा अक्सफर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको खोपको पहिलो खेप भारत सरकारलाई दिइयो।
अहिले पुनावालाको कारखानाले दैनिक २४ लाख डोज खोप उत्पादन गरिरहेको छ।
भारतले नेपाललाई दिएको खोपबारे थाहा पाउनै पर्ने कुराहरू
उनको कम्पनीले ब्रजिल, मोरक्को, बाङ्ग्लादेश तथा दक्षिण अफ्रिकालाई पनि खोप आपूर्ति गरिरहेको छ।
‘एक पटक खोप विकास भएपछि अलि सहज होला भन्ने ठानेको थिएँ’, उहाँँले भन्नुभयो, ‘तर खास चुनौती त सबैलाई खुसी पार्नु पो रहेछ।धेरै अरू उत्पादकहरू हुनेछन् जसले आपूर्ति गर्नेछन् भन्ने मलाई लागेको थियो। तर अहिले हेर्दा सन् २०२१ को दोस्रो चौमासिकभन्दा अगाडि उत्पादनमा उल्लेखनीय वृद्धि हुने छाँट छैन।’

खोप
उत्पादन रातारात बढाउन नसकिने उहाँले बताउनुभयो।
उहाँले गत वर्षदेखि नै उत्पादनका निम्ति आवश्यक चाँजोपाँजो मिलाएकोले अहिले सहज भएको बताउनुभयो।
अहिले कुनै कम्पनीले उत्पादन सुरु गरेमा त्यो सम्पन्न हुन महिनौँ लाग्न सक्छ। फेरि नयाँ प्रकारका कोरोनाभाइरससँग जुझ्न आवश्यक पर्न सक्ने बूस्टर डोज बनाउन पनि उस्तै समय लाग्छ।
पुनावालाका अनुसार उहाँ सबभन्दा पहिले भारत र त्यसपछि कोभ्याक्समार्फत् अफ्रिकामा आपूर्ति गर्न प्रतिबद्ध हुनुहुन्छ।
कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा गठित सञ्जाल हो जसले सुलभ दरमा सबै देशलाई खोप दिने लक्ष्य राखेको छ।
किन्न नसक्ने देशलाई विशेष कोषमार्फत् निःशुल्क खोप दिइनेछ। कोभ्याक्सले फेब्रुअरीको अन्त्यदेखि आपूर्ति गर्न थाल्नेछ।
तर एकातिर कोभ्याक्स भए पनि देशहरूले आफूआफू नै विक्रीको पहल गरिरहेकाले जटिलता थपिएको छ।
अदार पुनावाला भन्नुहुन्छ, अफ्रिकाका लगभग सबै नेताहरूले उहाँलाई सम्पर्क गरेर छुट्टै खोप किन्ने इच्छा गरिरहनुभएको छ।

खोप लिँदै भारतीय महिला
कोभ्याक्सले देशहरूलाई उसको खोप कोषमा सहयोग गर्न भनिरहेको छ
सिरमले कोभ्याक्सलाई अक्सफर्ड(आस्ट्राजेनेका खोपको २० करोड मात्रा छिट्टै दिँदैछ। थप ९० करोड डोजको वाचा पनि उसले गरेको छ। तर समयसीमा प्रष्ट छैन।
उक्त सञ्जालप्रति आफ्नो प्रतिबद्धता जनाएपनि पुनावाला ठान्नुहुन्छ कोभ्याक्सले धेरैथरी खोप उत्पादकसँग जोडिएका कारण धेरैथरी बन्दोबस्तीका चुनौती सामना गर्नुपर्नेछ।
अगाथे डेमाराइस तथा ईआईयू पनि कोभ्याक्सलाई लिएर अत्यन्त उत्साहित हुनुहुन्न। सबैकुरा योजनानुसार नै भए पनि कोभ्याक्समार्फत् विश्वका २० देखि २७ प्रतिशत जनसङ्ख्यालाई मात्र यो वर्ष खोप दिलाइनेछ।
‘यसले एकदमै धेरै परिवर्तन ल्याउन सक्ने छैन’,डेमाराइसले भन्नुभयो।
आफ्नो प्रक्षेपणमा ईआईयूले कतिपय देशहरूमा खोप वितरण पूर्ण हुन सन् २०२३ सम्म लाग्ने देखाएको छ। सबै देशका निम्ति खोप वितरण उच्च प्राथमिकता नहुन पनि सक्छ खासगरी युवा जनसङ्ख्या र थोरैमात्र गम्भीर बिरामी भेटिएका देशहरूमा।
त्यसो भयो भने के हुन्छ भने भाइरस सङ्क्रमणमा रहिरहेमा कतै न कतै त्यसले गम्भीर उत्परिवर्तन गर्न सक्छ जसले खोपलाई प्रभावहीन पार्न सक्छ।
तर सबैकुरा खराब भने छैन। खोपहरू अभूतपूर्व रूपमा तीव्र गतिमा निर्माण भइरहेका छन्। तर साढे सात अर्ब मानिसलाई खोप लगाउनु चानचुने कुरा होइन। अनि पहिले यस्तो कहिल्यै गरिएको पनि थिएन।


















