Prakash Adhikari March 5, 2021

काठमाडौं, २१ फागुन । नेपालकी मुस्कान खातुनले संयुक्त राज्य अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटले प्रदान गर्ने इन्टरनेशल करेज अवार्ड प्राप्त गर्नुभएको छ ।

एसिड आक्रमणलाई समाप्त गर्न उहाँले निर्वाह गर्नुभएको भूमिकाको लागि सो पुरस्कार दिइएको नेपालका लागि अमेरिकी राजदूत रेण्डि बेरीले जनाउनुभएको छ ।

यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने मुस्कान पहिलो नेपाली हुनुहुन्छ भने सबैभन्दा सानो उमेरकी पनि ।

Share Now

Leave a comment.