काठमाडौं, २७ फागुन । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको विभागीय टिम एपीएफ क्लव पुगेका छन् ।
बिहिबार सम्पन्न खेलमा शरद भेसावकर कप्तानीको नेपाल एपीएफ क्लबले सन्दीप लामिछाने कप्तानीको काठमाडौं मेयर ११ लाई ७ विकेटले पराजित गर्दै फाइनलको बाटो तय गरेका थियो ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन २९ गते हुने भएको छ।
दुवै टोलीले ४ खेलमा समान ३ जित र १ हार ब्यहोरेका थिए । तर नेट रन रेटमा पुलिस क्लब पहिलो र एपीएफ दोश्रो स्थानमा रह्यो। अंक तालिकामा बागमती तेश्रो, आर्मी चौथो र काठमाडौँ मेयर्स ११ पाँचौ स्थानमा रहन पुगेका थिए ।
एपीएफद्धारा काठमाडौं मेयर ११ पराजित
मुलपानी क्रिकेट मैदानमा सम्पन्न एपीएफ र काठमाडौं मेयर्स ११ को खेलमा १ सय ७७ रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले ४४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो।
उसका लागि कप्तान शरद भेषवाकर र युवा ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पारि खेलेका थिए।
खेलमा शंकर रानाले ३१, भुवन कार्कीले ११,शरद भेषवाकरेले ६१ र सन्दीप जोराले ६२ सन बनाए ।
एपीएफलाई रोक्न काठमाडौं मेयर ११ का बलिंगमा अनुज चुनारा अनिल खरेल र सन्दिप लामिछानेले समान १। १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको काठमाडौं मेयर ११ ले ४८ .५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७७ रन बनाउंदै एपीएफलाई १ सय ७८ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि सन्दीप रजालीले सर्वाधिक ४८, हरिशंकर शाहले ३६ तथा बिक्रम भुसालले २० रन बनाएका थिए।
काठमाडौं मेयर ११ लाई १ सय ७७ रनमै समेट्नका लागि एपीएफका अविनास बोहिरा र कमल सिंह ऐरीले समान ३ विकेट लिए। यस्तै बसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले समान १ विकेट हात पारे।
वाग्मतीद्धारा नेपाली सेना १० रनले पराजित
बुधबार नै भएको अर्को खेलमा बागमती प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १० रनले हराएको थियो।
खेलमा बागमतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउँदै २ सय ५६ रन मात्र जोड्न सक्यो। आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोडेपनि टोलीको हार भने टार्न सकेनन्।
खेलमा नेपाल आर्मीका ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे। विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए।
नेपाल आर्मीलाई रोक्ने क्रममा बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिए भने रामनरेश गिरीले एक तथा नन्दन यादव,सोनु देवकोटा र पारसले समान एक-एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रनको योगफल तयार पारेको थियो।
बागमती लागि पारस खड्काले १ सय ३३ बलमा ११ चौका र २ छक्काको मद्दतमा १ सय १९ रन प्रहार गरेका थिए।
खेलमा आर्मीका सोमपाल कामीले ५ विकेट लिए।


















