Prakash Adhikari February 8, 2018

विण्डहक(नामिविया), २५ माघ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाललाई नामिबियाले १३९ रनको लक्ष्य दिएको छ।

आयोजक नामिबियालाई कम स्कोरमै समेट्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन्।

त्यस्तै सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्का, शरद भेषवाकर र वसन्त रेग्मीले १र१ विकेट लिएका छन्।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका सन्दीप लामिछानेले बीएम स्कोल्टेजलाईलाई क्याच आउट गराए।

लामिछानेले स्कोल्टेजलाई १ रनमा कप्तान खड्काको हातबाट क्याच आउट गराए।

नेपालका लागि सोमपाल कामीले आठौं र व्यक्तिगत तेस्रो विकेट लिएका थिए। उनले जेडई ग्रीनलाई २२ रनमा आउट गरेका हुन्।

नेपालका लागि शरद भेषवाकरले जेएन फ्राइलिन्कलाई आउट गरेका छन्। २२ रन जोडेका फ्राइलिन्कलाई भेषवाकरले आउट गरेका हुन्।

यसअघि सन्दीप लामिछानेले खेलमा व्यक्तिगत दोस्रो विकेटका रुपमा एसएफ बर्गरलाई एलबीडब्ल्यू आउट गरेका थिए।

कप्तान पारस खड्काले नेपाललाई पाँचौ सफलता दिलाएका थिए। पारसले पन्ध्रौं ओभरमा विना रन विकेट लिएका हुन्। उनले एमजी इर्‍यासमसलाई आउट गरेका हुन्।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले चौथो विकेट लिएका छन्।

लामिछानेले बाह्रौं ओभरको अन्तिम बलमा सिजी विलियम्सलाई एलबीडब्ल्यू आउट गरेका हुन्।

नेपालले तेस्रो विकेटको रुपमा वसन्त रेग्मीले जेपी कोटेजलाई आउट गरेका हुन्।

यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए। सोमपालले पहिलो ओभरको ५ औं बलमा एलपी भान डेर वेस्टहुइजेनलाई आउट गरेका हुन् भने चौथो ओभरको दोस्रो बलमा एसजे बार्डलाई आउट गरेका छन्।

Share Now

Leave a comment.