Prakash Adhikari February 10, 2018

 

सलाड.घाट(धादिङ), २७ माघ । सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको छ ।
दुर्घटनामा उनीसहित तीन जना बेपत्ता भएका छन्।

कपिलबस्तुबाट काठमाडौँतर्फ आएको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो।

जिप शनिबार बिहान पौने तीन बजे त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

दुर्घटनामा रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र एक जना आफन्त बेपत्ता छन् । घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए।
बेपत्ताहरुको खोजीकार्य तीव्र पारिएको छ।

यादव छोरीको विवाह तय गरेर काठमाडौँ फर्किएका थिए।

Share Now

Leave a comment.