काठमाडौं, २७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फाको केन्द्रिय अध्यक्षको लागि हुने निर्वाचनमा पुन भिड्ने भएका छन् ।
चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहेका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन रहेको छ । शेर्पा गत बर्षको केन्द्रिय चुनावमा वर्तमान एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठसँग झिनो मतका आधारमा पराजित भएका थिए ।
आगामी चैत्र १४ गते हुने एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधर तथा प्रशिक्षक कृष्ण थापाले आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् ।