Prakash Adhikari April 17, 2021

काठमाडौं, ४ वैशाख । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्एिको दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

शुक्रबार साँझ बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा सात जना गम्भीर घाइते भएका थिए ।

सुर्खेतबाट धरान जाँदै गरेको बस बैशाख ३ गते शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर आपसमा ठोक्किएका थिए । दुर्घटनामा टिपरका चालकसहित दुईजना र बसमा सवार तीनजना गरी पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि दुईवटा क्रेन र तीनवटा स्काभेटर प्रयोग गर्नुपरेको थियो ।

उद्धारका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Share Now

Leave a comment.