काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ।
बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा कोरोना भाइरसको बढ्दो प्रकोप, खोप अभियान, संसद अधिवेशन, अमेरिकासंग गरिएको मिलिनियम च्यालेञ्ज कर्पोरेशन संझौता लगोयतका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।
त्यस लगत्तै मंसिर ३० मा संवैधानिक परिषद्को काम,कर्तव्य र अधिकार व्यवस्था गर्न बनेको ऐनको संशोधन अध्यादेश ल्याएर पौष ५ गते प्रतिनिधि सभा विघटनको असंवैधानिक र प्रतिगामी कदम चाल्नुभएका प्रधानमन्त्री ओलीले यसपटकको सर्वदलीय बैठकको बाहानामा संसद विघटनको आफ्नो अतृप्त चाहाना पूरा गर्ने कुनै कदम त चाल्नु हुने छैन भन्ने आशंका पनि ब्याप्त रहेको छ ।


















