Prakash Adhikari April 17, 2021

 

काठमाडौँ, ४ बैशाख । गायन र अभिनय मार्फत नेपाली कला क्षेत्रमा क्रियाशिल युवा गायक भिम श्रेष्ठले ‘ओ माई लर्ड’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ुबाबुुले संगीत संयोजन गर्नुभएको छ।

गायक श्रेष्ठ र गरिमा शर्मा अभिनित यस भिडियोमा यो जोडीको केमेस्ट्री खुब सुहाएको छ।

भिडियोलाई दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ।


अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको हो ।

शान थापाको निर्देशनमा तयार पारिएको यो भिडियो गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

Share Now

Leave a comment.