Prakash Adhikari February 12, 2018

काठमाडौं, २९ माघ । प्रदेश १ र ६ को सभामुखमा एमालेका प्रदीप भण्डारी र राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए ।

सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे । धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका हुन् ।

चार वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रिय छन् ।

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही

आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं। २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Share Now

Leave a comment.