Prakash Adhikari February 13, 2018

कम्पाला(युगाण्डा), १ फागुन । युगाण्डामा कार्यरत नेपालीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।
एनआरएन युगान्डाको आयोजनामा यही माघ २८ गते आयोजित रक्तदान कार्यक्रममा १सय १ जनाले रक्तदान गरे ।

कार्यक्रममा नेपाली , भारतीय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेको एनआरएन युगान्डा अध्यक्ष राजमणि भण्डारीले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि ब्लड बैंक युगाण्डाका प्रमुख मुगिसा विलियम्सले मानव जीवन रक्षा जस्तो परोपकारी कार्यमा उपयोग हुने रक्तदान कार्य गरेर एनआरएन युगाण्डाले ठूलो गुन लगाएको बताए ।

कार्यक्रममा अमेरिकाका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनाली विशेष अतिथिको रुपमा आमन्त्रित थिए । उनले १सय ६१ औ पटक रक्तदान गरे । उनले नेपालीहरुले अफ्रिकी जनताको जीवन रक्षाका लागि रक्तदान गर्ने कुरा आफैमा गर्व लायक र प्रशंसायोग्य विषय भएको बताए ।

एनआरएन युगाण्डाका अध्यक्ष रमेश कँडेल, उपाध्यक्ष विनोद थापा, महासचिव रमेश शर्मा, सचिव गंगा खरेल, कोषाध्यक्ष मञ्जुल पाठक र प्रवक्ता कमल भट्टले पनि मन्तव्य प्रकट गरेका थिए ।

एनआएन युगाण्डाका अध्यक्ष राजमणि भण्डारीले कार्यक्रम भव्य रुपमा सफल बनाउन सहयोग पुर्याउने एनआरएनए युगाण्डाका नेपालीहरु र युगाण्डाका स्वास्थ्यकर्मी, ब्लडबैकका कर्मचारी र सहयोगी संस्था तथा तिनका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

Share Now

Leave a comment.