टेक्सास(संयुक्त राज्य अमेरिका), १ फागुन । टेक्सासको ह्यु्स्टन र लस एञ्जल्सका नेपालीहरु महाशिवरात्रीको तयारीमा जुटेका छन् ।
करीब ६५ रोपनी क्षेत्रफलमा फैलिएको ह्युस्टनको पशुपतिनाथ मन्दिर र बौद्ध गुम्बालाई महाशिवरात्रि पूजाको तैयारीको लागि सिंगारिएको छ ।
नेप्लिज एशोसियसन अफ ह्युस्टन र मन्दिर व्वस्थापनका तर्फबाट आव्हान गरिए अनुसार दिनकर अमात्य, मधुकर अमात्य, विष्णु नेपाल, द्रोण गौतम, विजय बोखिम, चन्द्रकान्त शर्मा, भिष्म मरासिनी लगायतका दर्जनौं अगुवा नेपालीहरुमहाशिवरात्रीको पावन अवसरमा यस क्षेत्रमा बस्ने हरेक नेपाली र हिन्दुलाई भगवान पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने बन्दोबस्त मिलाउन उत्साहपूर्वक खटिएका छन् ।
अमेरिकाको टेक्ससको डल्लास, ह्युस्टन र क्यालिफोर्नियाको लस एन्जलसमा भब्य पशुपति तथा बुद्ध मन्दिर निर्माण भैसकेको छ । लसएञ्जल्सको पशुपति मन्दीरमा केहीदिन पूर्व प्राण प्रतिष्ठा समेत सम्पन्न गरिएको छ ।
यो पूजापश्चात लस एन्जलसको नेपाली मन्दिर निर्माण कार्यले पूर्णता पाएको पशुपति बुद्ध फाउण्डेशनका अध्यक्ष भक्त थापाले जानकारी गराए।