Prakash Adhikari June 1, 2021

नारायण कार्की

पोखरा(कास्की), १८ जेठ । गण्डकी प्रदेशको राजधानी पोखरा कोरोना भाइरसको हटस्पटको रुपमा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपरान्ह प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले गण्डकी प्रदेशमा ११ हजार जनामा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण छ। तीमध्ये ४० प्रतिशतभन्दा बढी कास्कीमा छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा भएका सक्रिय सङ्क्रमितमध्ये पोखरा महानगरपालिकामा हुनेको सङ्ख्या सर्वाधिक छ।

‘गण्डकी प्रदेशमा अहिले कास्कीमा अहिले सबैभन्दा बढी सङ्क्रमित छन्। पोखरा महानगर अहिले कोरोनाभाइरस सङ्क्रमणको ‘हटस्पट’ बनेको छ’, पोखरा महानगरपालिकाको स्वास्थ्य कार्यालयका प्रमुख हेमन्त शर्माले भन्नुभयो।

सोमवार अपरान्हसम्म त्यहाँ झन्डै २ हजार १ सय जना निको हुन बाँकी सङ्क्रमित भएको सरकारको तथ्याङ्कले देखाउँछ।

शर्माका अनुसार ठूलो जनसङ्ख्या र मानिसहरूको आवतजावतका कारण पर्यटकीय नगरी पोखरामा कोभिडको प्रभाव बढी देखिएको हो।

अरू तथ्याङ्क के छ ?

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोनाभाइरसका कारण ७ सय जनाभन्दा केही बढी मानिसको मृत्यु भइसकेको छ।

कास्कीमा मात्र २ सय ६८ जनाको कोभिड १९ का कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

गण्डकी प्रदेशमा कोरोनाभाइरसको प्रभाव. कुन जिल्ला कति प्रभावित?. सोमवार अपराह्णसम्मको तथ्याङ्क.

पोखरामा कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढी भएको महानगरपालिकाले जनाएको छ।

कास्कीमा १९ हजारजनाभन्दा बढी सङ्क्रमित भएकोमा १४ हजार जनाभन्दा बढी बढी निको भएको सरकारको तथ्याङ्कले देखाउँछ।

गण्डकीका सबै जिल्लामा कोरोनाभाइरस

अहिले गण्डकी प्रदेशका सबै ११ जिल्लामा कोरोनाभाइरसका सक्रिय सङ्क्रमित छन्।

लमजुङमा कोभिड बिरामीसँग स्वास्थ्यकर्मीहरू

लमजुङमा कोभिड बिरामीसँग स्वास्थ्यकर्मीहरू

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ जिल्लामा सङ्क्रमितको सङ्ख्या कम छ।

मुस्ताङमा सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम भए मानवीय क्षति भने उच्च छ।

त्यहाँ अहिलेसम्म १ सय २१ जना कोभिड १९ पुष्टि भएकोमा १२ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमण रोक्न पूर्वतयारीको अभावमा मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख विष्णुप्रसाद सुवेदीले बताउनुभयो।

मनाङ जिल्लाका केही बिरामीको मनाङ जिल्ला अस्पतालबाहेक पोखरा र काठमाण्डूमा उपचार भइरहेको छ।

कास्कीपछि कुल सङ्क्रमितको बढी सङ्ख्या नवलपरासी पूर्व भए पनि स्याङ्जा जिल्लामा कोभिड १९ का कारण अधिक मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार स्याङ्जामा २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा भएकोमा ९४ जनाको निधन भएको छ भने नवलपरासी पूर्वमा पुष्टि भएका ४ हजार ६ सय ६२ सङ्क्रमितमध्ये ६७ जनाको मृत्यु भएको छ।

त्यहाँ झन्डै ३ हजार ,८ सय जना निको भएका छन्।

अहिले कास्कीपछि क्रमशः गोरखा र तनहुँमा धेरै सक्रिय सङ्क्रमित छन्।

समग्र गण्डकी प्रदेशमा कोरोनाभाइरस सङ्क्रमण तथा मृत्युदर घटेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले दिनुभयो।

पोखरा निषेधाज्ञा

पोखरा निषेधाज्ञा

कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले पोखरा तथा अन्य स्थानमा निषेधाज्ञा लगाइएको छ

उहाँका अनुसार केही दिनदेखि सङ्क्रमितभन्दा निको हुने दर पनि बढेको छ।

अहिलेसम्म पुष्टि भएका सङ्क्रमितमध्ये २९ हजार २ सय जनाभन्दा बढी निको भइसकेको सरकारी तथ्याङ्क छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.